२०८२, २८ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रममन्त्री भण्डारीलाई ठाकुरको निर्देशन : राजीनामाका लागि तयार रहनुस्

२०८१, १ फाल्गुन बिहीबार १८:०५

काठमाडौँ | लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले पार्टीका तर्फबाट सरकारमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रहेका शरत्‌सिंह भण्डारीलाई राजीनामाका लागि तयार रहन निर्देशन दिएका छन्। सरकारले संसद्को अधिवेशन हुनुभन्दा एक साताअघि जारी गरेको विभिन्न ६ अध्यादेशलाई लिएर सरकार नैतिक संकटमा परेको भन्दै ठाकुरले मन्त्री भण्डारीलाई राजीनामाका लागि तयार रहन निर्देशन दिएका हुन्।

सत्ता साझेदार दल लोसपाले सरकारले ल्याएकामध्ये भूमिसम्बन्धी अध्यादेशलाई अस्वीकार गर्ने निर्णय गरेको छ। भूमिसम्बन्धी अध्यादेश पास हुने सम्भावना न्यून रहेकाले सरकारमाथि नैतिक संकट आइपरेको अध्यक्ष ठाकुरको भनाइ छ। उनले मन्त्री भण्डारीलाई गर्नुपर्ने काम एक दुई दिनमा सक्न निर्देशन दिएका छन्।

सर्लाहीमा बिहीबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा अध्यक्ष ठाकुरले अध्यादेशका कारण सरकारमाथि नैतिक संकट आएको बताए। सरकारमाथि मात्रै नभएर आफ्नो पार्टी पनि नैतिक संकटमा परेको उनको भनाइ छ। ‘सरकारमा बसेर विपक्षमा निर्णय गर्नु पार्टीका लागि नैतिक संकट हो। सरकारमा सहभागी पार्टीका मन्त्रीलाई एक दुई दिनमा के–के गर्नुछ गरिहाल्नुस् भनेको छु,’ ठाकुरले भने।

अध्यादेश ल्याउँदा आफूहरूसँग कुनै छलफल नभएको उनले बताए। भूमिसम्बन्धी अध्यादेश जनताको हितविपरीत रहेको भन्दै लोसपाले अस्वीकार गर्ने निर्णय गरेको छ। यो अध्यादेशले वन फडानी र अवैध कब्जा गर्ने प्रवृत्तिलाई बढावा दिने लोसपाको ठहर छ। सरकारमा सहभागी लोसपा र समर्थन गरेको जसपा नेपाल भूमिसम्बन्धी अध्यादेशलाई अस्वीकार गर्ने निर्णय गरेको छ। दुवै दलले यो निर्णय गरेपछि राष्ट्रियसभाबाट अध्यादेश पास हुने सम्भावना क्षीण भएको छ। मन्त्री भण्डारी लोसपा नेपालका वरिष्ठ नेता हुन्। लोसपाबाट संघीय संसद्को प्रतिनिधिसभामा चार र राष्ट्रियसभामा एक गरी पाँच सांसद छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ नेकपा एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा बनाउने काम अन्तिम चरणमा नेपाललाई हिन्दूराष्ट्र बनाउने हो भने रास्वपालाई दुईतिहाइ पुर्‍याउन सहयोग गर्छौं: कमल थापा इनिसा विकको न्याय माग गर्दै माइतीघरमा प्रदर्शन मध्यपूर्व तनावका बीच कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान अब सीआईबीले गर्ने खैरो हेरोइनसहित दुई युवक पक्राउ नाबालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ सोविता गौतमको चुनाव खर्च विवरण सार्वजनिक काठमाडौँमा खाना पकाउने ग्यास अभाव निर्वाचनमा हारपछि परिणाम स्वीकार्दै जनताको सेवामा निरन्तर रहने ओलीको प्रतिबद्धता सुन चाँदीको मूल्य घट्यो यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न