७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रममन्त्री भण्डारीलाई ठाकुरको निर्देशन : राजीनामाका लागि तयार रहनुस्

१ फाल्गुन २०८१, बिहीबार १८:०५

काठमाडौँ | लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले पार्टीका तर्फबाट सरकारमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रहेका शरत्‌सिंह भण्डारीलाई राजीनामाका लागि तयार रहन निर्देशन दिएका छन्। सरकारले संसद्को अधिवेशन हुनुभन्दा एक साताअघि जारी गरेको विभिन्न ६ अध्यादेशलाई लिएर सरकार नैतिक संकटमा परेको भन्दै ठाकुरले मन्त्री भण्डारीलाई राजीनामाका लागि तयार रहन निर्देशन दिएका हुन्।

सत्ता साझेदार दल लोसपाले सरकारले ल्याएकामध्ये भूमिसम्बन्धी अध्यादेशलाई अस्वीकार गर्ने निर्णय गरेको छ। भूमिसम्बन्धी अध्यादेश पास हुने सम्भावना न्यून रहेकाले सरकारमाथि नैतिक संकट आइपरेको अध्यक्ष ठाकुरको भनाइ छ। उनले मन्त्री भण्डारीलाई गर्नुपर्ने काम एक दुई दिनमा सक्न निर्देशन दिएका छन्।

सर्लाहीमा बिहीबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा अध्यक्ष ठाकुरले अध्यादेशका कारण सरकारमाथि नैतिक संकट आएको बताए। सरकारमाथि मात्रै नभएर आफ्नो पार्टी पनि नैतिक संकटमा परेको उनको भनाइ छ। ‘सरकारमा बसेर विपक्षमा निर्णय गर्नु पार्टीका लागि नैतिक संकट हो। सरकारमा सहभागी पार्टीका मन्त्रीलाई एक दुई दिनमा के–के गर्नुछ गरिहाल्नुस् भनेको छु,’ ठाकुरले भने।

अध्यादेश ल्याउँदा आफूहरूसँग कुनै छलफल नभएको उनले बताए। भूमिसम्बन्धी अध्यादेश जनताको हितविपरीत रहेको भन्दै लोसपाले अस्वीकार गर्ने निर्णय गरेको छ। यो अध्यादेशले वन फडानी र अवैध कब्जा गर्ने प्रवृत्तिलाई बढावा दिने लोसपाको ठहर छ। सरकारमा सहभागी लोसपा र समर्थन गरेको जसपा नेपाल भूमिसम्बन्धी अध्यादेशलाई अस्वीकार गर्ने निर्णय गरेको छ। दुवै दलले यो निर्णय गरेपछि राष्ट्रियसभाबाट अध्यादेश पास हुने सम्भावना क्षीण भएको छ। मन्त्री भण्डारी लोसपा नेपालका वरिष्ठ नेता हुन्। लोसपाबाट संघीय संसद्को प्रतिनिधिसभामा चार र राष्ट्रियसभामा एक गरी पाँच सांसद छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या