७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रचण्ड र रविले माधव नेपाल र बाबुरामलाई उन्मुक्ति दिने प्रपञ्चसहित फाइल मिलाए: महेश बस्नेत

२ फाल्गुन २०८१, शुक्रबार १२:२८

काठमाडौँ | नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले ललिता निवास प्रकरणमा तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल र तत्कालिन गृहमन्त्री रवि लामिछानेले माधव नेपाल र बाबुराम भट्टराईलाई उन्मुक्ति दिनेगरि फाइल मिलाएको आरोप लगाएका छन् । तर, अदालतले जतिसुकै हाइप्रोफाइल भएपनि गल्ती गरेकोलाई नछोड्ने सन्देश दिएको बस्नेतको टिप्पणी छ ।

यस्तो छ बस्नेतको स्टाटस :

ललिता निवासको जग्गा हिनामिना प्रकरण बालुवाटार काण्ड भनेर चर्चित रहेको यो काण्ड जसमा तीन सय भन्दा बढी सरकारी जमिन घोटाला भएको थियो । सर्वोच्च अदालतको न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेको इजलासले पूर्वप्रधानमन्त्रीद्वय वाबुराम भट्टराई र माधवकुमार नेपाल तथा पूर्वमुख्यसचिव लीलामणि पौडेलविरुद्ध मुद्दा चलाउनुपर्ने मागसहित दायर भएको रिट पूर्ण इजलासमा पेस गर्न सर्वोच्च अदालतले आदेश दिएछ ।

ललिता निवासको जग्गा हिनामिनामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ सय १० जनालाई विगो, कैद र जरिवाना तथा ६५ जनालाई जग्गा जफत प्रयोजनका लागि प्रतिवादी बनाएर २०७६ माघ २२ मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो। मुख्य निर्णयाधिकारी पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराई तथा तत्कालीन मुख्यसचिव लीलामणि पौडेललाई उन्मुक्ति दिएर
निर्णय कार्यान्वयन गर्नेलाई मात्रै प्रतिवादी बनाइएको तत्कालीन प्रधानमन्त्रीद्वय बाबुराम भट्टराई र माधवकुमार नेपाल मुख्य सचिव लिलामणि पौडेल जसको हस्ताक्षरका कारण निर्णय भयो र सो निर्णयका कारण ललिता निवासको जग्गा हिनामिना भयो, उसैलाई मुद्दा नचलाउनु प्राकृतिक न्यायको सिद्धान्तविपरीत हुने तर्कसहित उनीहरूवाई पनि मुद्दा चलाउनुपर्ने माग सहित रिट परेको थियो ।

ललिता निवास प्रकरण प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री रवि लामिछाने भएको बेला बडो हल्लाखल्लासहित फाइल खोलिएको भनेको थियो ।तर मुख्य दोषी माधवकुमार नेपाल, बाबुराम भट्टराई र लिलामणि पौडेललाई उन्मुक्ति दिने प्रपञ्च गरी फाइल मिलाइएको थियो। सम्मानित सर्वोच्च अदालतको यो आदेशले जतिसुकै हाइ प्रोफाइल भएपनि गल्ती गरेकोलाई न्यायालयले छोड्दैन भन्ने सन्देश दिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या