२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रचण्ड र रविले माधव नेपाल र बाबुरामलाई उन्मुक्ति दिने प्रपञ्चसहित फाइल मिलाए: महेश बस्नेत

२०८१, २ फाल्गुन शुक्रबार १२:२८

काठमाडौँ | नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले ललिता निवास प्रकरणमा तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल र तत्कालिन गृहमन्त्री रवि लामिछानेले माधव नेपाल र बाबुराम भट्टराईलाई उन्मुक्ति दिनेगरि फाइल मिलाएको आरोप लगाएका छन् । तर, अदालतले जतिसुकै हाइप्रोफाइल भएपनि गल्ती गरेकोलाई नछोड्ने सन्देश दिएको बस्नेतको टिप्पणी छ ।

यस्तो छ बस्नेतको स्टाटस :

ललिता निवासको जग्गा हिनामिना प्रकरण बालुवाटार काण्ड भनेर चर्चित रहेको यो काण्ड जसमा तीन सय भन्दा बढी सरकारी जमिन घोटाला भएको थियो । सर्वोच्च अदालतको न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेको इजलासले पूर्वप्रधानमन्त्रीद्वय वाबुराम भट्टराई र माधवकुमार नेपाल तथा पूर्वमुख्यसचिव लीलामणि पौडेलविरुद्ध मुद्दा चलाउनुपर्ने मागसहित दायर भएको रिट पूर्ण इजलासमा पेस गर्न सर्वोच्च अदालतले आदेश दिएछ ।

ललिता निवासको जग्गा हिनामिनामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ सय १० जनालाई विगो, कैद र जरिवाना तथा ६५ जनालाई जग्गा जफत प्रयोजनका लागि प्रतिवादी बनाएर २०७६ माघ २२ मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो। मुख्य निर्णयाधिकारी पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराई तथा तत्कालीन मुख्यसचिव लीलामणि पौडेललाई उन्मुक्ति दिएर
निर्णय कार्यान्वयन गर्नेलाई मात्रै प्रतिवादी बनाइएको तत्कालीन प्रधानमन्त्रीद्वय बाबुराम भट्टराई र माधवकुमार नेपाल मुख्य सचिव लिलामणि पौडेल जसको हस्ताक्षरका कारण निर्णय भयो र सो निर्णयका कारण ललिता निवासको जग्गा हिनामिना भयो, उसैलाई मुद्दा नचलाउनु प्राकृतिक न्यायको सिद्धान्तविपरीत हुने तर्कसहित उनीहरूवाई पनि मुद्दा चलाउनुपर्ने माग सहित रिट परेको थियो ।

ललिता निवास प्रकरण प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री रवि लामिछाने भएको बेला बडो हल्लाखल्लासहित फाइल खोलिएको भनेको थियो ।तर मुख्य दोषी माधवकुमार नेपाल, बाबुराम भट्टराई र लिलामणि पौडेललाई उन्मुक्ति दिने प्रपञ्च गरी फाइल मिलाइएको थियो। सम्मानित सर्वोच्च अदालतको यो आदेशले जतिसुकै हाइ प्रोफाइल भएपनि गल्ती गरेकोलाई न्यायालयले छोड्दैन भन्ने सन्देश दिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी