७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अध्यादेश रोकिनेवाला छैन, पास गर्ने अनेक विकल्प छन् : महासचिव पोखरेल

२ फाल्गुन २०८१, शुक्रबार १५:०३

काठमाडौँ | नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले ल्याएको अध्यादेश पारित हुने दाबी गरेका छन् । एमाले विज्ञान प्रविधि विभागद्वारा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले विरोध भयो भन्दैमा कुनै अन्योलमा नपर्न आग्रह गरे ।

पोखरेलले भने, ‘अब अध्यादेशको विरोध भयो भन्दैमा सबै प्रयास असफल हुन्छ भन्ने नठान्नुहोला । प्रमुख पार्टीहरूले सचेततापूर्वक ल्याएको हो । त्यसैले हामी जसरी पनि टुंग्याउँछौं । त्यो रोकिनेवाला छैन । अनेक विकल्पहरू छन् ।’

उनले सरकारले प्रविधि क्षेत्रको सुधारका लागि पनि काम गरिरहेको बताए ।

‘सरकारले एक दशलाई आईसीटीको दशक भनेर घोषणा गरेको छ । एक दशकमा कसरी के गर्ने भन्ने योजना बनाउन सकेको छैन । सरकारले घोषणा गरेको यो कार्यक्रमलाई कसरी प्रभावकारी बनाउनुपर्छ भनेर लागेका छौं । सरकारले अहिले अध्यादेशका माध्यमबाट पनि यो क्षेत्रलाई सम्बोधन गर्न कोसिस गरेको छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या