२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ठमेल प्रहरी कुटपिट प्रकरण: प्रहरीमाथि नै छानबिन सुरु

२०८१, २ फाल्गुन शुक्रबार १७:५८

काठमाडौँ | ठमेलमा ड्युटीमा खटिएका प्रहरी कुटिएको घटनामा प्रहरीले नै छानबिनको सामना गर्नुपर्ने अवस्था आएको छ। नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुका नेताहरुबाट प्रहरी कुटिएको सीसीटीभी फुटेज सार्वजनिक भएपछि चौतर्फी दबाब बढेको थियो।

यसै दबाबका कारण अनेरास्ववियुका स्थायी कमिटी सदस्य कमलराज जोशीसहित केही विद्यार्थी नेताहरु पक्राउ परिसकेका छन्। तर, सो भिडिओ कसरी र किन सार्वजनिक भयो भन्ने विषयमा जिल्ला प्रहरी परिसर काठमाडौंले छानबिन थालेको छ।

प्रहरी स्रोतका अनुसार प्रहरीले कुटपिट खाएको भिडिओ सार्वजनिक भएसँगै सामाजिक सञ्जाल, मिडियादेखि संसदसम्म यो विषयले चर्चा पायो। चौतर्फी दबाबपछि अनेरास्ववियुका नेताहरु पक्राउ परे। तर, प्रहरी प्रधान कार्यालयको निर्देशनपछि अब भिडिओ सार्वजनिक गर्ने प्रहरीमाथि नै छानबिन सुरु गरिएको छ। परिसरका एक अधिकारी भन्छन्, ‘यो छानबिन हाम्रोवशमा मात्रै छैन । माथिल्लो तहबाट नै छानबिन गर्न भन्दै लिखत निर्देशन आएपछि छानबिन गर्न लागिएको हो ।’

२४ माघको राति ठमेलमा ड्युटीमा खटिएका प्रहरी हवल्दार जगुलाल चौधरी र जवान नगेन्द्रराज विष्टमाथि अनेरास्ववियुका स्थायी कमिटी सदस्य कमलराज जोशीसहितको समूहले आक्रमण गरेको थियो। दरबारमार्गस्थित केशरमहल बिटबाट खटिएको क्विक रेस्पोन्स टिमलाई सो समूहले कुटपिट गरेको थियो।

प्रहरीका अनुसार मध्यराति हो-हल्ला गर्दै हिँडिरहेका ती नेतालाई सम्झाउने क्रममा विवाद सुरु भएको थियो। कुटपिटका क्रममा प्रहरीको बर्दी च्यातिएको, हेल्मेट खोलेर हिर्काइएको र मोटरसाइकल लडाइएको थियो।

यस घटनामा संलग्न भएको आरोपमा ताप्लेजुङका दिनेश सिग्देल र डडेल्धुराका रमेश फुलारा पक्राउ परिसकेका छन्। अमृत साइन्स क्याम्पस (अस्कल)मा अध्ययनरत दुवै जना अनेरास्ववियुसँग आबद्ध विद्यार्थी हुन्। तर, पक्राउ पुर्जी जारी गरिएका नवीन ऐरी, सौजन्य शाही र गोपालबहादुर शाही भने अझै फरार छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी