७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ठमेल प्रहरी कुटपिट प्रकरण: प्रहरीमाथि नै छानबिन सुरु

२ फाल्गुन २०८१, शुक्रबार १७:५८

काठमाडौँ | ठमेलमा ड्युटीमा खटिएका प्रहरी कुटिएको घटनामा प्रहरीले नै छानबिनको सामना गर्नुपर्ने अवस्था आएको छ। नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुका नेताहरुबाट प्रहरी कुटिएको सीसीटीभी फुटेज सार्वजनिक भएपछि चौतर्फी दबाब बढेको थियो।

यसै दबाबका कारण अनेरास्ववियुका स्थायी कमिटी सदस्य कमलराज जोशीसहित केही विद्यार्थी नेताहरु पक्राउ परिसकेका छन्। तर, सो भिडिओ कसरी र किन सार्वजनिक भयो भन्ने विषयमा जिल्ला प्रहरी परिसर काठमाडौंले छानबिन थालेको छ।

प्रहरी स्रोतका अनुसार प्रहरीले कुटपिट खाएको भिडिओ सार्वजनिक भएसँगै सामाजिक सञ्जाल, मिडियादेखि संसदसम्म यो विषयले चर्चा पायो। चौतर्फी दबाबपछि अनेरास्ववियुका नेताहरु पक्राउ परे। तर, प्रहरी प्रधान कार्यालयको निर्देशनपछि अब भिडिओ सार्वजनिक गर्ने प्रहरीमाथि नै छानबिन सुरु गरिएको छ। परिसरका एक अधिकारी भन्छन्, ‘यो छानबिन हाम्रोवशमा मात्रै छैन । माथिल्लो तहबाट नै छानबिन गर्न भन्दै लिखत निर्देशन आएपछि छानबिन गर्न लागिएको हो ।’

२४ माघको राति ठमेलमा ड्युटीमा खटिएका प्रहरी हवल्दार जगुलाल चौधरी र जवान नगेन्द्रराज विष्टमाथि अनेरास्ववियुका स्थायी कमिटी सदस्य कमलराज जोशीसहितको समूहले आक्रमण गरेको थियो। दरबारमार्गस्थित केशरमहल बिटबाट खटिएको क्विक रेस्पोन्स टिमलाई सो समूहले कुटपिट गरेको थियो।

प्रहरीका अनुसार मध्यराति हो-हल्ला गर्दै हिँडिरहेका ती नेतालाई सम्झाउने क्रममा विवाद सुरु भएको थियो। कुटपिटका क्रममा प्रहरीको बर्दी च्यातिएको, हेल्मेट खोलेर हिर्काइएको र मोटरसाइकल लडाइएको थियो।

यस घटनामा संलग्न भएको आरोपमा ताप्लेजुङका दिनेश सिग्देल र डडेल्धुराका रमेश फुलारा पक्राउ परिसकेका छन्। अमृत साइन्स क्याम्पस (अस्कल)मा अध्ययनरत दुवै जना अनेरास्ववियुसँग आबद्ध विद्यार्थी हुन्। तर, पक्राउ पुर्जी जारी गरिएका नवीन ऐरी, सौजन्य शाही र गोपालबहादुर शाही भने अझै फरार छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह