७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

जसपाका पूर्वप्रदेश अध्यक्षसहित केही नेता कार्यकर्ता माओवादीमा प्रवेश

३ फाल्गुन २०८१, शनिबार १६:१६

झापा । जसपा नेपाल प्रदेश नम्बर १ का पूर्वअध्यक्ष एवं सामाजिक अभियन्ता प्रविन चाम्लिङसहित विभिन्न पार्टी परित्याग गरी सयौं नेता कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

झापाको दमकमा भएको माओवादी केन्द्रको दोस्रो नगर सम्मेलन उद्घाटन तथा खबरदारी सभामा दमक नगरपालिका विभिन्न वडाबाट नेता कार्यकर्ता प्रवेश गरेका हुन् ।

पार्टी प्रवेश गर्नेहरूमा जसपाका दमक नगरका पूर्वअध्यक्ष खेम दाहाल, उपाध्यक्ष अनिल तामाङ, दीपक न्यौपाने सहित पूर्व प्रदेश सदस्यहरू, याम लावतीसहितका जसपाका विभिन्न तहका नेता कार्यकर्ता, एमाले पूर्वजिल्ला सदस्य मेघप्रसाद दाहालसहित दमक नगर सदस्यसहितका विभिन्न तहका नेता कार्यकर्ता, क्रान्तिकारी कम्युनिस्ट पार्टीका जिल्ला सदस्य गोविन्द भट्टराईसहितका नेता कार्यकर्ता, राप्रपाबाट इन्द्रबहादुर तामाङसहितका नेता कार्यकर्ता, कांग्रेसबाट राजेश ठकुरीसहित विभिन्न तहका नेता कार्यकर्ता, रास्वपाका प्रेमप्रसाद दाहाल सहितका नेता कार्यकर्ता रहेका छन् ।

दमन नगरपालिका वडा नम्बर ४ बाट मात्रै १२९ जनासहित पाँच सय बढी नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेको माओवादी केन्द्र दमक नगर समितिले जनाएको छ । उनीहरूलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी प्रवेश गराएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी