७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अर्थमन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्य सुधारोन्मुख, आईसीयूमा उपचार जारी

४ फाल्गुन २०८१, आईतवार १३:५९

काठमाडौँ | ‘पोखरा भ्रमण वर्ष’ घोषणा कार्यक्रम उद्घाटनका क्रममा हाइड्रोजन ग्यास भरिएको बेलुनको झुप्पो आगोको झिल्काले भेटेर पड्किँदा घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको उपचार काठमाडौँमा जारी छ।

पोखरामा शनिबार दिउँसो आयोजित पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक घोषणा कार्यक्रममा डिजिटल स्विच अन गरेर अर्थमन्त्री पौडेलले झिर्झिरे क्यान्डल बाल्नासाथ झिल्काले भेटेर बेलुनको झुप्पा पड्किएको हो।

बेलुन पड्किँदा आगोले पोलेर घाइते भएका अर्थमन्त्री पौडेल र मेयर आचार्यलाई गण्डकी अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि शनिबारै हेलिकप्टरबाट काठमाडौँस्थित कीर्तिपुर अस्पताल ल्याइएको हो।

 

त्यहाँ सघन उपचार कक्ष (आईसीयू) मा राखेर उनीहरूको उपचार भइरहेको कीर्तिपुर अस्पतालले जानकारी दिएको छ।

अस्पतालले आइतबार जारी गरेको विज्ञप्तिअनुसार दुवै जनाको स्वास्थ्य अवस्था हिजोभन्दा आज सुधारोन्मुख भएको छ। तर संक्रमण हुने जोखिम रहेकाले उनीहरूसँग भेटघाट बन्द गरिएको अस्पतालले जनाएको छ।

विज्ञप्तिमा भनिएको छ- घाउको अवस्थाको बारेमा आज ड्रेसिङ भएपछि अद्यावधिक गरिनेछ र हाललाई अवस्था सामान्य भए तापनि संक्रमण हुने भएको हुँदा हाललाई भेटघाट अर्को सूचना नआएसम्म पूर्ण रूपमा बन्द गरिएको छ।

उनीहरूको उपचारमा प्रा. डा. विडी झा, डा. प्रविण गिरीलगायतका सघन उपचार कक्षको टोली, प्रा. डा. शंकर मान राई, डा. विशाल कार्की, डा. मनिय यादवलगायतको जलन विशेषज्ञहरूको टोली, डा. प्रयुस अर्याललगायतका आकस्मिक उपचार टोली, रिना गौचन र निर्मला कुँवर, तृष्णा महर्जनलगायतको नर्सिङ टोली खटिएका छन्।

यसअघि शनिबार अस्पतालले अर्थमन्त्री पौडेल र मेयर आचार्यको शरीरको ५–६ प्रतिशत भाग जलेको तर अनुहारमा जलन भएकाले श्वासनली र फोक्सोमा असर पर्नसक्ने सम्भावना रहेकाले उच्च निगरानीमा उपचार गर्नुपर्ने आवश्यकता देखिएको बताएको थियो।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या