७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संसद्मा रास्वपाको आक्रोश: सर्वसाधारण जल्दा गाडीको हुट, मन्त्री र मेयरलाई हेलिकप्टरबाट उद्धार ?

४ फाल्गुन २०८१, आईतवार १४:१३

काठमाडौँ | रास्वपाकी सांसद विन्दाबासिनी कंसाकारले शनिबार पोखरामा भएको दुर्घटनामा परेर घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरका मेयर धनराज आचार्यलाई उद्दार गरेर काठमाडौं ल्याउँदा हेलिकोप्टर प्रयोग गरिएको तर, काठमाडौंमै आगलागीमा परेर नागरिक जल्दा बसको हुटमा राखेर उद्दार गरिएको भन्दै आपत्ति जनाएकी छन् ।

आइतबार बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै उनले मन्त्री र सर्वसाधरण नागरिकलाई एउटै व्यवहार गरिनुपर्ने माग पनि राखेकी छन् । ‘अस्ति भर्खर शान्दार मममा ग्याँस विस्फोट हुँदा, सर्वसाधारण जल्दा एम्बुलेन्स नपाएर गाडीको हुटमा उद्धार गर्नुपर्ने अवस्था सिर्जना भएको थियो । आज मन्त्रीज्यु र मेयरज्युलाई हेलिकप्टरबाट उद्धार गरिएको छ,’ सांसद कंसाकारले भनिन् ।

शान्दार मममा भएको ग्यास विस्फोटमा परेर चार जनाको मृत्यु भएको छ । नेपालमा आगलागीको घटना बढिरहेको भन्दै उनले सरकारले पूर्व तयारीमा ध्यान दिनुपर्ने बताइन् । ‘नेपालमा अकुपेस्नल सेफ्टी एण्ड हेल्थलाई प्राथमिकता दिइँदैन । जसका कारण उच्च पदस्थ व्यक्तिहरू समेत दुर्घटनाको सिकार भइरहेका छन्,’ उनले भनिन् । थिङ्क सेफ्टी, डु सेफ्टी भन्ने अवधारणा केवल नारामा मात्र सिमित हुन पुगेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या