७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘निष्काशित भएका नेपालीहरूलाई अमेरिकाले हत्कडी नलगाओस्’

४ फाल्गुन २०८१, आईतवार १४:२६

काठमाडौँ | संसदमा अमेरिकामा गैरकानुनी रुपमा बसेका नेपालीहरूलाई फिर्ताका लागि विशेष व्यवस्था गर्न सरकारसँग सांसदले माग गरेका छन्। अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्पले पदभार ग्रहण गरेसँगै आप्रवासीहरूमाथि धरपकड गर्ने क्रममा नेपाली पनि डिपोट हुन थालेपछि सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका हुन्।

आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले अमेरिकाले गैरकानुनीरुपमा बसेका विभिन्न देशका नागरिकहरूलाई फिर्ता पठाउन थालेपछि नेपाली पनि नेल, हत्कडी र जन्जीर लगाएर डिपोर्ट हुनसक्ने भन्दै यस विषयमा सरकारले समयमै ध्यान दिनुपर्ने बताए।

‘नेपालका पनि कयौं नागरिकहरू गैरकानुनीरुपमा अमेरिका बसेका सामाचार आइरहेका छन्। नेपाली नागरिकहरूलाई पनि मानव अधिकार हनन् हुनेगरी अमेरिकाद्वारा हत्कडी, नेल लगाएर अमानवीय तरिकाबाट फिर्ता पठाउने कार्य नहोस् भनेर सचेत हुन आवश्यक छ। यदि सो विषयमा ध्यान दिएन भने विश्व समुदायका बीच नेपालको प्रतिष्ठामा समेत आँच पुग्छ, ‘उनले भने, ‘यदि गैरकानुनीरुपमा बसेका छन् भने नेपाल फिर्ताका लागि आवश्यक व्यवस्था मिलाउन सभामुखमार्फत् सरकारको ध्यानाकर्षण गराउन चाहन्छु।’

अमेरिकाले भारतीय नागरिकहरूलाई हत्कडीसहित फिर्ता पठाउने कार्यले मानव अधिकारको विश्वव्यापीरुपमा धज्जी उडाएको भन्दै आपत्ती जनाए। उनले भने, ‘भारतीय नागरिकहरूलाई हातखुट्टामा नेल लगाएर उनीहरूको मर्यादाको ठाडो उल्लंघन गरेर स्वदेश फिर्ता कार्यले मानव अधिकारको विश्वव्यापीरुपमा धज्जी उडाएको छ। भारतीयलाई जस्तै नेपालीलाई पनि मानव अधिकार हनन् हुनेगरी अमेरिकाले हत्कडी र नेल लगाएर अमानवीय तरिकाबाट फिर्ता पठाउन सक्छ।’

केही समयअघि अमेरिकाले गैरकानुनी रुपमा बसेका भारतीय नागरिकहरूलाई हत्कडीसहित फिर्ता पठाएको थियो। त्यहाँ गैरकानुनी रुपमा बसेका नेपाली पनि ठूलो संख्यामा धरपकड भएर फिर्ता हुने संभावना छ।

उनले विश्वको जुनसुकै कुनामा बसेको भएपनि बिना भेदभाव, समानता ,स्वतन्त्रता र मानवीय मर्यादा सबै मानवजातीले पाउनुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या