२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘निष्काशित भएका नेपालीहरूलाई अमेरिकाले हत्कडी नलगाओस्’

२०८१, ४ फाल्गुन आईतवार १४:२६

काठमाडौँ | संसदमा अमेरिकामा गैरकानुनी रुपमा बसेका नेपालीहरूलाई फिर्ताका लागि विशेष व्यवस्था गर्न सरकारसँग सांसदले माग गरेका छन्। अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्पले पदभार ग्रहण गरेसँगै आप्रवासीहरूमाथि धरपकड गर्ने क्रममा नेपाली पनि डिपोट हुन थालेपछि सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका हुन्।

आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले अमेरिकाले गैरकानुनीरुपमा बसेका विभिन्न देशका नागरिकहरूलाई फिर्ता पठाउन थालेपछि नेपाली पनि नेल, हत्कडी र जन्जीर लगाएर डिपोर्ट हुनसक्ने भन्दै यस विषयमा सरकारले समयमै ध्यान दिनुपर्ने बताए।

‘नेपालका पनि कयौं नागरिकहरू गैरकानुनीरुपमा अमेरिका बसेका सामाचार आइरहेका छन्। नेपाली नागरिकहरूलाई पनि मानव अधिकार हनन् हुनेगरी अमेरिकाद्वारा हत्कडी, नेल लगाएर अमानवीय तरिकाबाट फिर्ता पठाउने कार्य नहोस् भनेर सचेत हुन आवश्यक छ। यदि सो विषयमा ध्यान दिएन भने विश्व समुदायका बीच नेपालको प्रतिष्ठामा समेत आँच पुग्छ, ‘उनले भने, ‘यदि गैरकानुनीरुपमा बसेका छन् भने नेपाल फिर्ताका लागि आवश्यक व्यवस्था मिलाउन सभामुखमार्फत् सरकारको ध्यानाकर्षण गराउन चाहन्छु।’

अमेरिकाले भारतीय नागरिकहरूलाई हत्कडीसहित फिर्ता पठाउने कार्यले मानव अधिकारको विश्वव्यापीरुपमा धज्जी उडाएको भन्दै आपत्ती जनाए। उनले भने, ‘भारतीय नागरिकहरूलाई हातखुट्टामा नेल लगाएर उनीहरूको मर्यादाको ठाडो उल्लंघन गरेर स्वदेश फिर्ता कार्यले मानव अधिकारको विश्वव्यापीरुपमा धज्जी उडाएको छ। भारतीयलाई जस्तै नेपालीलाई पनि मानव अधिकार हनन् हुनेगरी अमेरिकाले हत्कडी र नेल लगाएर अमानवीय तरिकाबाट फिर्ता पठाउन सक्छ।’

केही समयअघि अमेरिकाले गैरकानुनी रुपमा बसेका भारतीय नागरिकहरूलाई हत्कडीसहित फिर्ता पठाएको थियो। त्यहाँ गैरकानुनी रुपमा बसेका नेपाली पनि ठूलो संख्यामा धरपकड भएर फिर्ता हुने संभावना छ।

उनले विश्वको जुनसुकै कुनामा बसेको भएपनि बिना भेदभाव, समानता ,स्वतन्त्रता र मानवीय मर्यादा सबै मानवजातीले पाउनुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी