४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सिके राउतका नेता-कार्यकर्ताले फेसबुकमा बन्दुक प्रदर्शन गरेपछि …

४ फाल्गुन २०८१, आईतवार १७:१३

काठमाडौँ | डा. सिके राउत नेतृत्वको जनमत पार्टीका केन्द्रीय उपाध्यक्ष तथा पूर्वमन्त्री अब्दुल खान र रौतहट जिल्ला इन्चार्ज शेख जमसैदसहितका नेताहरूले सामाजिक सञ्जालमा हतियार प्रदर्शन गरेपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ।

शनिवार जमसैदको घरमा भएको भेटघाटका क्रममा दुई जना व्यक्तिले ठूलो बन्दुक बोकेको तस्बिर र भिडियो सामाजिक सञ्जालमा पोस्ट भएपछि यस विषयले व्यापक चर्चा पायो। त्यसपछि जिल्ला प्रहरी कार्यालय रौतहटले अनुसन्धान थालेको हो।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी दीपककुमार रायका अनुसार सार्वजनिक भएको तस्बिरमा देखिएका बन्दुक तथा हतियार बोकेका व्यक्तिहरूबारे अनुसन्धान भइरहेको छ। प्रारम्भिक अनुसन्धानका क्रममा ती हतियार सरकारबाट इजाजतप्राप्त रहेको र हतियार बोक्ने दुवै जना जनमत पार्टीका पदाधिकारी रहेको खुलेको छ।

‘तत्कालका लागि ती हतियार र मानिसलाई जिल्ला अध्यक्ष जमसैदकै जिम्मा लगाइएको छ। अब प्रशासनको निर्देशनअनुसार थप कदम चालिनेछ,’ डिएसपी रायले जानकारी दिए।

यसैबीच, प्रमुख जिल्ला अधिकारी (सीडीओ) हिरालाल रेग्मीले प्रहरीले अनुसन्धान पूरा गरेपछि आवश्यक निर्णय लिइने बताएका छन्।

सो घटना पछि सामाजिक सञ्जालमा ती नेताहरूको आलोचना हुन थालेपछि जमसैदले उक्त फोटो तथा भिडियो हटाएका थिए। यस्तै, सर्वसाधारणले हतियार प्रदर्शन गर्दा कारबाही हुने तर राजनीतिक व्यक्तिहरूले गर्दा कारबाही हुन्छ कि हुँदैन भन्ने प्रश्नसमेत उठाएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ