काठमाडाैं | संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दैछ ।
दिउँसो १ बजे बस्ने बैठकमा नेपाल नागरिकता (दोश्रो संशोधन) विधेयक, २०८१ माथि छलफल हुनेछ ।
यसैगरी आजको बैठकमा भ्रष्टाचार निवारण पहिलो संशोधन विधेयकबारे छलफल गर्ने र पारित गर्ने कार्यसूची छ ।
संघीय संसदको सचिवालयले आजको सम्भावित कार्यसूचीमा नेपाल प्रहरी विधेयक २०८१ माथि पनि छलफल हुनेछ ।