५ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

किशोरीमाथि सामूहिक बलात्कार, न्याय खोज्दा पञ्चायतले उल्टै धम्की दिएपछि किशोरीद्वारा आत्महत्या!

५ फाल्गुन २०८१, सोमबार १४:०८

काठमाडौँ | सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुर तामासुइयाकी एक किशोरीले सामूहिक बलात्कारपछि न्याय नपाएर आत्महत्या गरेको घटना सार्वजनिक भएको छ।

पीडित किशोरीकी आमाका अनुसार, स्थानीय पञ्चायतले न्याय दिनुको सट्टा घटना बाहिर लगे थप समस्यामा पर्ने भन्दै उल्टै धम्काएको थियो। पञ्चायतले बलात्कारमा संलग्न व्यक्तिहरूलाई १ लाख ४० हजार रुपैयाँ जरिवाना तिराउने निर्णय गरेको थियो, जुन परिवारले अस्वीकार गरेको थियो।

गत माघ २६ गते, १७ वर्षीया रिंकुकुमारी सदाय सामूहिक बलात्कारको शिकार भएकी थिइन्। राति शौचालय गएकी बेला तीन युवाले उनलाई अपहरण शैलीमा उठाएर बाँसघारीमा लगेर बलात्कार गरेका थिए। त्यसपछि अचेत अवस्थामा उनलाई राति ३ बजे घरमा छाडिएको थियो। होसमा आएपछि उनले टिंकु मण्डल, चन्दन साह, र रमेश मण्डलले आफूलाई बलात्कार गरेको बताएकी थिइन्।

घटनाबारे परिवारले भोलिपल्ट नै छरछिमेकलाई जानकारी दिएपछि गाउँमै पञ्चायत बसेको थियो। पञ्चायतले आरोपितहरूलाई बोलाए पनि उनीहरूमाथि कारबाही गर्नुको सट्टा १ लाख ४० हजार जरिवाना तिर्ने निर्णय गर्यो।

किशोरीकी आमाका अनुसार, पञ्चायतको अन्यायपूर्ण निर्णयको विरोध गर्दा किशोरीलाई धम्की दिइयो। पञ्चायत भएको केही घण्टापछि किशोरीले घरमै झुण्डिएर आत्महत्या गरेकी थिइन्।

पीडित किशोरीकी भाउजूले पनि गाउँलेहरूले घटनालाई दबाब दिने प्रयास गरेको खुलासा गरिन्। उनले भनिन्, “पञ्चायतले जरिवाना गर्ने निर्णय गर्यो, तर हामीले त्यो रकम लिएका छैनौं। बिहान पञ्चायत बसेको थियो, साँझ मेरो नन्दीले आत्महत्या गरिन्।”

मृतक किशोरीको शव धरानमा अलपत्र परेको छ। प्रहरी प्रशासनले कानुनी प्रक्रिया पूरा गर्दै शव पोष्टमार्टमका लागि लहानस्थित प्रादेशिक अस्पताल पुर्‍याएको थियो, तर त्यहाँ पोष्टमार्टम हुन सकेन। त्यसपछि प्रहरीले शव धरान पठाएको भए पनि तीन दिन बितिसक्दा पनि परिवारले शव बुझ्न सकेका छैनन्।

पीडित परिवारले तीनै जना आरोपितहरू अझै पक्राउ नपरेको भन्दै प्रहरी प्रशासनमाथि गुनासो गरेका छन्। उनीहरूका अनुसार, प्रहरीले बलात्कार मुद्दा चलाउनुपर्नेमा आत्महत्या दुरुत्साहनको मुद्दामा अनुसन्धान गरिरहेको छ, जसप्रति परिवारले आपत्ति जनाएका छन्।

इलाका प्रहरी कार्यालय लहानका प्रमुख डीएसपी विष्णु सोतीले आत्महत्या दुरुत्साहनको मुद्दा चलाएर अनुसन्धान भइरहेको बताए। सामूहिक बलात्कार भएको पुष्टि हुन अनुसन्धान आवश्यक रहेको भन्दै उनले अहिले नै केही भन्न नसकिने बताएका छन्।

पीडित परिवारले बलात्कारमा संलग्नलाई कडा कारबाही र निष्पक्ष अनुसन्धानको माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ