२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

किशोरीमाथि सामूहिक बलात्कार, न्याय खोज्दा पञ्चायतले उल्टै धम्की दिएपछि किशोरीद्वारा आत्महत्या!

२०८१, ५ फाल्गुन सोमबार १४:०८

काठमाडौँ | सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुर तामासुइयाकी एक किशोरीले सामूहिक बलात्कारपछि न्याय नपाएर आत्महत्या गरेको घटना सार्वजनिक भएको छ।

पीडित किशोरीकी आमाका अनुसार, स्थानीय पञ्चायतले न्याय दिनुको सट्टा घटना बाहिर लगे थप समस्यामा पर्ने भन्दै उल्टै धम्काएको थियो। पञ्चायतले बलात्कारमा संलग्न व्यक्तिहरूलाई १ लाख ४० हजार रुपैयाँ जरिवाना तिराउने निर्णय गरेको थियो, जुन परिवारले अस्वीकार गरेको थियो।

गत माघ २६ गते, १७ वर्षीया रिंकुकुमारी सदाय सामूहिक बलात्कारको शिकार भएकी थिइन्। राति शौचालय गएकी बेला तीन युवाले उनलाई अपहरण शैलीमा उठाएर बाँसघारीमा लगेर बलात्कार गरेका थिए। त्यसपछि अचेत अवस्थामा उनलाई राति ३ बजे घरमा छाडिएको थियो। होसमा आएपछि उनले टिंकु मण्डल, चन्दन साह, र रमेश मण्डलले आफूलाई बलात्कार गरेको बताएकी थिइन्।

घटनाबारे परिवारले भोलिपल्ट नै छरछिमेकलाई जानकारी दिएपछि गाउँमै पञ्चायत बसेको थियो। पञ्चायतले आरोपितहरूलाई बोलाए पनि उनीहरूमाथि कारबाही गर्नुको सट्टा १ लाख ४० हजार जरिवाना तिर्ने निर्णय गर्यो।

किशोरीकी आमाका अनुसार, पञ्चायतको अन्यायपूर्ण निर्णयको विरोध गर्दा किशोरीलाई धम्की दिइयो। पञ्चायत भएको केही घण्टापछि किशोरीले घरमै झुण्डिएर आत्महत्या गरेकी थिइन्।

पीडित किशोरीकी भाउजूले पनि गाउँलेहरूले घटनालाई दबाब दिने प्रयास गरेको खुलासा गरिन्। उनले भनिन्, “पञ्चायतले जरिवाना गर्ने निर्णय गर्यो, तर हामीले त्यो रकम लिएका छैनौं। बिहान पञ्चायत बसेको थियो, साँझ मेरो नन्दीले आत्महत्या गरिन्।”

मृतक किशोरीको शव धरानमा अलपत्र परेको छ। प्रहरी प्रशासनले कानुनी प्रक्रिया पूरा गर्दै शव पोष्टमार्टमका लागि लहानस्थित प्रादेशिक अस्पताल पुर्‍याएको थियो, तर त्यहाँ पोष्टमार्टम हुन सकेन। त्यसपछि प्रहरीले शव धरान पठाएको भए पनि तीन दिन बितिसक्दा पनि परिवारले शव बुझ्न सकेका छैनन्।

पीडित परिवारले तीनै जना आरोपितहरू अझै पक्राउ नपरेको भन्दै प्रहरी प्रशासनमाथि गुनासो गरेका छन्। उनीहरूका अनुसार, प्रहरीले बलात्कार मुद्दा चलाउनुपर्नेमा आत्महत्या दुरुत्साहनको मुद्दामा अनुसन्धान गरिरहेको छ, जसप्रति परिवारले आपत्ति जनाएका छन्।

इलाका प्रहरी कार्यालय लहानका प्रमुख डीएसपी विष्णु सोतीले आत्महत्या दुरुत्साहनको मुद्दा चलाएर अनुसन्धान भइरहेको बताए। सामूहिक बलात्कार भएको पुष्टि हुन अनुसन्धान आवश्यक रहेको भन्दै उनले अहिले नै केही भन्न नसकिने बताएका छन्।

पीडित परिवारले बलात्कारमा संलग्नलाई कडा कारबाही र निष्पक्ष अनुसन्धानको माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी