७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तोपै हाने पनि सरकार ढल्दैन : प्रधानमन्त्री ओली

५ फाल्गुन २०८१, सोमबार १४:५९

काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले अबको १७ महिनासम्म आफू प्रधानमन्त्रीबाट नहट्ने दाबी गरेका छन् । लुम्बिनी प्रदेशसभाको बैठकमा विशेष सम्बोधन गर्दै उनले सरकार ढलिहाल्छ भन्ने हल्ला नचलाउन आग्रह गरे ।

“यो सरकार ढलिहाल्छ, एउटा हल्ला चलेको छ । यो हल्ला नचलाए हुन्थ्यो,” उनले भने ।

उनले यस्ता हल्लाले युवाहरुमा निराशा आउने बताए । ओलीले आफूले १७ महिनापछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्ने बताए ।

“सात महिना बितिसक्यो । १७ महिना प्रधानमन्त्री चलाउँछु । त्यसपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई आफैं छाड्छु । केपी ओलीलाई हराउन बल लगाउनुपर्दैन आफैं छाड्छु,” उनले भने ।

उनले आफू छिटो पाक्न औषधी हाल्ने खालको केरा, फलफुल नभएको पनि बताए ।

“१७ महिना तोप हाने पनि सरकार ढल्दैन । केही गरे पनि प्रधानमन्त्री ढल्दैन । झन्डै दुई तिहाइ छ, सरकार ढल्दैन,” ओलीले भने,“ १७ महिनापछि केही बल गर्नै पर्दैन । म राजीनामा दिन्छु शेरबहादुरजीलाई सहयोग गर्छु ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या