२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ओडिसास्थित केआईआईटीमा विद्यार्थी मृत्यु र कलेज निकाला प्रकरणः प्रधानमन्त्री ओली यसो भन्छन्

२०८१, ५ फाल्गुन सोमबार १७:२६

काठमाडौँ | भारतको ओडिसाको भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा मृत फेला परेकी बुटवलकी प्रकृति लम्साललाई न्याय माग गर्दा विद्यार्थी निकालाको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले जानकारीमा आएको र सरकारले सम्पर्कमा रहेर काम गरिरहेको जनाएका छन्।

आधिकारिक सामाजिक सञ्जाल फेसबुकमार्फ उनले यस्तो जानकारी दिएका हुन्।

प्रधानमन्त्री ओलीले भनेका छन्,‘भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा एकजना नेपाली छात्राको मृत्यु भएको र नेपाली विद्यार्थीलाई होस्टेलबाट जबर्जस्ती निकालेको कुरा मिडिया र सामाजिक सञ्जाल मार्फत जानकारीमा आएको छ। यस विषयमा सरकारले कुटनीतिक तवरले बुझ्दै सम्पर्कमा रहेर काम गरिरहेको छ।’

ओडिसाको भुवनेश्वरस्थित कलेजको होस्टलमा बसेर बी–टेक तेस्रो वर्षमा अध्ययनरत लम्साल मृत भेटिएकी थिइन्।

कलेजले जारी गरेको विज्ञप्तिमा ‘उनी केआईआईटीमै अध्ययनरत एक विद्यार्थीसँग प्रेम सम्बन्धमा थिइन् भन्ने शंका छ। त्यहीसँग सम्बन्धित केही कारणले आत्महत्या गरेको हुनसक्छ’ भन्ने उदृत गरी भारतीय सञ्चार माध्यमले जनाएका छन्।

ओडिसाको पत्रिका संवादको अंग्रेजी संस्करणले भने उनी आफ्नो पुरुष साथीबाट दुव्र्यवहारमा परेको जनाएको छ। उक्त पत्रिकाले मृत्युको यकिन कारण नखुलेको पनि दाबी गरेको छ।

यही बीचमा सामाजिक सञ्जाल एक्समा एउटा थ्रेड भाइरल भएको छ, जसमा उनलाई एक जना व्यक्तिले दुव्र्यवहार गरेर शहर छाडेर भाग्न लागेको भनिएको छ।

अहिले प्रदर्शन गर्न खोज्ने विद्यार्थीहरुलाई समेत सुरक्षागार्ड र होस्टलका वार्डेनहरु प्रयोग गरेर दबाउन खोजिएको भनिएको छ।

प्रदर्शन बढ्दै गएपछि कलेजमा प्रहरी परिचालन गरेर स्थितिलाई साम्य पारिएको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन्। लम्सालको शवलाई पोष्टमार्टमका लागि क्यापिटल अस्पताल पठाइएको छ।

नेपाली विद्यार्थीहरूलाई अहिले प्रशासनले स्थिति सामान्य नभएसम्मका लागि विदा बस्न भनिएको छ।

संवाद इङ्लिस अनलाइनले भने अद्विक श्रीवास्तव नामका व्यक्तिलाई उनकी प्रेमिका प्रकृति लम्सालको आत्महत्याबाट भएको कथित मृत्युको सम्बन्धमा प्रहरीले पक्राउ गरेको उल्लेख गरेको छ।

प्रहरी अधिकारीले भनेका छन्,‘हामीले मृतकका परिवारका सदस्यहरूलाई जानकारी गराएका छौं। अभियुक्तलाई पक्राउ गरिएको छ। उनीसँग सोधपुछ भइरहेको छ। युवतीको मृत्युको कारण पत्ता लगाउन यस विषयमा थप अनुसन्धान भइरहेको छ।’

अर्कोतर्फ, सामाजिक सञ्जालमा अद्विक र प्रकृतिबीचको कुराकानी भएको अडिओ क्लिप भाइरल भएको छ। क्लिपमा एक युवकले एक केटीलाई दुव्र्यवहार र उत्पीडन गरेको सुनिएको छ।

फेब्रुअरी १६ साँझ केआईआईटी विश्वविद्यालयको होस्टेल क्याम्पसमा प्रकृति रहस्यमय परिस्थितिमा मृत फेला परेपछि अराजक दृश्यहरू देखा परे। उनीहरूको तनावपूर्ण सम्बन्धको कारण अद्विकले कथित रूपमा उत्पीडन गरेपछि उनले आत्महत्या गरेर मृत्यु भएको आशंका गरिएको छ।

घटनापछि, आक्रोशित विश्वविद्यालयका विद्यार्थीहरू सडकमा उत्रिए र प्रकृतिको न्यायको माग गर्दै क्याम्पसको प्रवेशद्वार बाहिर विरोध प्रदर्शन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी