७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सभामुखले तेस्रो पटकसम्म शून्य समयमा बोल्न बोलाउँदा पनि सुमना नबोलेपछि…

६ फाल्गुन २०८१, मंगलवार १५:०६

काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले आज मंगलबार शून्य समयमा बोल्न समय पाउँदा पनि बोलिनन् । सभामुख देवराज घिमिरेले आज प्रतिनिधि सभाको शून्य समयमा बोल्न बोलाउँदा पनि नबोलेकी हुन् ।

एमाले सांसद सुनिता बरालपछि सभामुख घिमिरेले सांसद श्रेष्ठलाई बोलाए । पहिलो पटक बोलाउँदा सांसद श्रेष्ठ नबोलेपछि सभामुख देवराज घिमिरेले दोस्रो पटक बोलाए । त्यसमा पनि नबोलेपछि तेस्रो पटक बोलाए । त्यसमा पनि नबोलेपछि अर्का सांसदलाई बोल्न समय दिए । उनले तीनपटक नाम लिए पनि दर्शक दिर्घाबाट कुनै प्रतिक्रिया नआएपछि उनले सांसद सुशीला श्रीपाली ठकुरीलाई समय दिए ।

मंगलबार सभामुखले समय दिदा उनी बैठक कक्षभित्र थिइनन् । ‘मैले समयको अनुमान गरेभन्दा दुई तीन मिनेट तलमाथि भयो त्यसैले मैले समय मिस गरे,’ सांसद श्रेष्ठले भनिन् । त्यतिबेला उनी संसद भवन परिसरमा थिइन् भने लम्लासको मृत्यु प्रकरणसहति शिक्षासँग सम्बन्धित विषयमा बोल्ने तयारीमा थिइन् ।

यसअघि सोमबार सुमनाले बोल्न समय माग्दा सभामुखले समय दिएका थिएनन् । बोल्न माग गर्दा सभामुख देवराज घिमिरेले समय उपलब्ध नगराएको भन्दै उनी प्रतिनिधि सभा बैठकबाटै बाहिरिएकी थिइन् ।

बाहिर उनले पत्रकारहरूसँग भारतको ओडिसा राज्यको भुवनेश्वरस्थित कलिङ इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी केआइआइटीमा प्रकृति लम्सालको मृत्युबारे सदनमा कुरा राख्न खोजेको र सरकारको ध्यानाकर्षण गराउन खोजेको बताएकी थिइन् ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या