७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

केआईआईटी घटनाको समाधान नभए एनओसी रोक्ने शिक्षा मन्त्रालयको चेतावनी

६ फाल्गुन २०८१, मंगलवार १८:०८

काठमाडौँ | शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भारतको ओडिसा राज्यमा रहेको कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा भएको समस्याको समाधान नभए वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) रोक्ने चेतावनी दिएको छ।

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएअनुसार, यदि घटनाको न्यायपूर्ण र वैधानिक समाधान नभए, ओडिसाका विश्वविद्यालयहरूका लागि एनओसी प्रदान गर्ने कार्य स्थगित गर्न सकिनेछ। ‘सम्बन्धित सबैलाई जानकारी गराउँदै, यदि समस्याको उचित समाधान भएन भने भारतको ओडिसा राज्यका शिक्षण संस्थानहरूमा अध्ययनका लागि एनओसी जारी गर्ने कार्य रोक्न सकिन्छ,’ मन्त्रालयले भनेको छ।

केआईआईटीमा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको रहस्यमय मृत्यु र त्यसपछि नेपाली विद्यार्थीहरूमाथि देखिएको व्यवहारप्रति मन्त्रालयले गम्भीर ध्यानकर्षण भएको जनाएको छ।

मन्त्रालयले विश्वविद्यालय प्रशासनले विद्यार्थीहरूसँग गरेको व्यवहारलाई ‘निन्दनीय’ भन्दै यसको छानबिन र समाधानका लागि कूटनीतिक पहल गर्न परराष्ट्र मन्त्रालयलाई अनुरोध गरिसकेको जनाएको छ।

‘विद्यार्थीहरूले सम्बन्धित विश्वविद्यालयका नियमअनुसार शुल्क बुझाएर अध्ययन गरिरहेका छन्। यस्तो अवस्थामा प्रशासनको विद्यार्थीहरूप्रति देखिएको व्यवहार अस्वीकार्य छ,’ मन्त्रालयले भनेको छ।

सो घटनाबाट प्रभावित विद्यार्थी तथा अभिभावकहरूलाई आवश्यक सहजीकरणका लागि शिक्षा मन्त्रालयले सहायता कक्ष स्थापना गरेको छ। मन्त्रालयले पीडित विद्यार्थी र अभिभावकलाई सहयोगका लागि सहायता कक्षको सम्पर्क गर्न आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या