७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पोखरामा बेलुन विस्फोट प्रकरणः: एक भारतीय नागरिक हिरासतमा, के मुद्दा चलाउने प्रहरी अन्योलमा

७ फाल्गुन २०८१, बुधबार १४:०२

काठमाडौँ | पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटन समारोहका लागि उडाउन तयारी गरिएका बेलुनमा हाइड्रोजन ग्यास भर्ने भारतीय नागरिक कमलेस कुमार चार दिनदेखि प्रहरी हिरासतमा छन्।

फागुन ३ गते उद्घाटन समारोहका क्रममा बेलुन विस्फोट हुँदा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य घाइते भएका थिए। घटनापछि प्रहरीले ४१ वर्षीय कमलेस कुमारलाई पक्राउ गरेको थियो। तर, उनलाई कुन मुद्दा अन्तर्गत कारबाही गर्ने भन्ने विषयमा प्रहरी अन्योलमा देखिएको छ।

‘त्यसरी ग्यास भर्न पाइने हो कि होइन ? नपाइने हो भने पनि सरकारी निकायले नै भर्न लगाएर तयार गरेको हो। अब कुन मुद्दा चलाउने हामीलाई अप्ठेरो छ। अहिले म्याद थप गरेर हिरासतमा राखेका छौँ, उ पनि १०/१२ वर्षदेखि पोखरामै बसेको रहेछ’, जिल्ला प्रहरी काकर्यालय कास्कीका एक अधिकारीले भने।

उद्घाटन समारोहका क्रममा बेलुन उडाउन खोज्दा आगोको झिल्कोले छोएपछि एकैचोटि विस्फोट भएको थियो। घाइते भएका अर्थमन्त्री पौडेल र मेयर आचार्यलाई तत्काल हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको थियो। कीर्तिपुर बर्न अस्पतालमा उपचारपछि अर्थमन्त्री पौडेल सोमबार डिस्चार्ज भएका छन् भने मेयर आचार्यको उपचार जारी छ।

घटनाको छानबिनका लागि गृह मन्त्रालयले कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको संयोजकत्वमा समिति गठन गरेको छ। समितिले आयोजकसहित संलग्न व्यक्तिहरूसँग सोधपुछ गरिरहेको छ। छानबिनपछि घटनाको विस्तृत प्रतिवेदन बुझाउने तयारी भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या