२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पोखरामा बेलुन विस्फोट प्रकरणः: एक भारतीय नागरिक हिरासतमा, के मुद्दा चलाउने प्रहरी अन्योलमा

२०८१, ७ फाल्गुन बुधबार १४:०२

काठमाडौँ | पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटन समारोहका लागि उडाउन तयारी गरिएका बेलुनमा हाइड्रोजन ग्यास भर्ने भारतीय नागरिक कमलेस कुमार चार दिनदेखि प्रहरी हिरासतमा छन्।

फागुन ३ गते उद्घाटन समारोहका क्रममा बेलुन विस्फोट हुँदा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य घाइते भएका थिए। घटनापछि प्रहरीले ४१ वर्षीय कमलेस कुमारलाई पक्राउ गरेको थियो। तर, उनलाई कुन मुद्दा अन्तर्गत कारबाही गर्ने भन्ने विषयमा प्रहरी अन्योलमा देखिएको छ।

‘त्यसरी ग्यास भर्न पाइने हो कि होइन ? नपाइने हो भने पनि सरकारी निकायले नै भर्न लगाएर तयार गरेको हो। अब कुन मुद्दा चलाउने हामीलाई अप्ठेरो छ। अहिले म्याद थप गरेर हिरासतमा राखेका छौँ, उ पनि १०/१२ वर्षदेखि पोखरामै बसेको रहेछ’, जिल्ला प्रहरी काकर्यालय कास्कीका एक अधिकारीले भने।

उद्घाटन समारोहका क्रममा बेलुन उडाउन खोज्दा आगोको झिल्कोले छोएपछि एकैचोटि विस्फोट भएको थियो। घाइते भएका अर्थमन्त्री पौडेल र मेयर आचार्यलाई तत्काल हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको थियो। कीर्तिपुर बर्न अस्पतालमा उपचारपछि अर्थमन्त्री पौडेल सोमबार डिस्चार्ज भएका छन् भने मेयर आचार्यको उपचार जारी छ।

घटनाको छानबिनका लागि गृह मन्त्रालयले कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको संयोजकत्वमा समिति गठन गरेको छ। समितिले आयोजकसहित संलग्न व्यक्तिहरूसँग सोधपुछ गरिरहेको छ। छानबिनपछि घटनाको विस्तृत प्रतिवेदन बुझाउने तयारी भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी