४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

थाइल्यान्ड र म्यानमारको जागिरको लोभमा नपर्न सरकारको आग्रह

८ फाल्गुन २०८१, बिहीबार १७:१७

काठमाडौँ | परराष्ट्र मन्त्रालयले थाइल्यान्ड र म्यानमार यात्रासम्बन्धी चेतावनी (ट्राभल एडभाइजरी)जारी गरेको छ। मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गरी थाइल्यान्ड र म्यानमार जान लागेका नेपाली नागरिकहरूलाई सतर्कता अपनाउन आग्रह गरेको हो।

यी मुलुकहरूमा देखिएको मानव बेचबिखन, ठगी तथा अन्य आपराधिक गतिविधिहरूका कारण नेपाली नागरिकहरू जोखिममा परिरहेको भन्दै मन्त्रालयले विशेष सतर्कता अपनाउन पनि भनेको छ।

मन्त्रालयले जारी गरेको ट्राभल एडभाइजरीमा विशेष गरी सूचना प्रविधि (आईटी) क्षेत्रका आकर्षक रोजगारीका अवसरको लोभमा नेपालीहरू फस्ने गरेका घटनाहरू उल्लेख छन्। थाइल्यान्ड र म्यानमारमा उच्च तलब र सुविधा भएको भन्दै नेपाली युवाहरूलाई गलत तरिकाले फसाइने गरेको र उनीहरूलाई शोषणमा पारिएको सूचना पाइएको मन्त्रालयले जनाएको छ।

परराष्ट्र मन्त्रालयका अनुसार पछिल्लो समय थाइल्यान्ड हुँदै म्यानमारको जोखिमयुक्त क्षेत्रमा जबर्जस्ती लगिएको नेपालीहरूको संख्या उल्लेख्य रूपमा वृद्धि भएको छ।

नेपालीमाथि अमानवीय शोषणमा पारिएको, शारीरिक तथा मानसिक यातना भोग्नु परेको तथा बन्धक बनाइएका घटनाहरू सार्वजनिक भइरहेका छन्।

मन्त्रालयले आकर्षक जागिर, राम्रो तलब तथा सुविधाको प्रलोभनमा नपर्न आग्रह गरेको छ। त्यस्तै अवैध रूपमा यात्रा नगर्न तथा ठगी वा मानव बेचबिखनमा संलग्न गिरोहबाट बच्न पनि मन्त्रालयले सुझाव दिएको छ।

कुनै पनि शंकास्पद रोजगार प्रस्ताव स्वीकार गर्नुअघि परराष्ट्र मन्त्रालय वा नेपाली दूतावाससँग सम्पर्क राख्न पनि मन्त्रालयले भनेको छ।

सरकारले यस विषयमा थप जानकारी तथा सहायता आवश्यक परे नजिकको नेपाली दूतावास वा सम्बन्धित निकायसँग सम्पर्क गर्न अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन