२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाली विद्यार्थी प्रकृती लम्साल मृत्यु प्रकरण सत्य तथ्य छानविनको माग गर्दै मानव अधिकार आयोगले लेख्यो पत्र

८ फाल्गुन २०८१, बिहीबार १७:४९

काठमाडौँ | राष्ट्रिय मानव अधिकार आयोगले नेपाली विद्यार्थी प्रकृती लम्सालको मृत्यु प्रकरणको सत्य तथ्य छाविनको माग गर्दै भारतीय मानव अधिकार आयोगलाई पत्र लेखेको छ । भारतको ओडीसा राज्यको भुवनेश्वरस्थित कालिंगा ईन्सिटच्युट अफ ईन्डष्ट्रीयल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थी लम्सालको केही दिनअघि शंकास्पद मृत्यु भएको थियो । विश्वविद्यालयको छात्रावासमा मृत भेटिएको घटनाको सम्बन्धमा नेपाली विद्यार्थीले सत्यतथ्य छानबिन गर्न माग गर्दा उनीहरुमाथि भएको कुटपीट र दुर्व्यवहारसमेत भएको थियो । उक्त घटनाको शीघ्र छानबिनको लागि यस आयोगले राष्ट्रिय मानव अधिकार आयोग भारतलाई पत्राचार गरेको छ ।

पत्रमा शंकास्पद मृत्युको घट्नाको अनुसन्धान गरी पीडितलाई न्याय प्रदान गर्न, विश्व विद्यालयमा कुटपीट भएका र दुर्व्यहारमा परेका विद्यार्थीहरूलाई शीघ्र न्याय प्रदान गर्न, अध्ययनरत नेपाली विद्यार्थीहरूको पूर्ण सुरक्षाको प्रत्याभूति गर्दै भयरहित वातावरणमा अध्ययन गर्न पाउने अवस्था सुनिश्चित गर्न, घटनामा संलग्न विश्वविद्यालयका अधिकारीहरु तथा व्यक्तिहरुलाई कानूनी दायरामा ल्याई उत्तरदायी बनाउनका लागि अनुरोध गरिएको बताइएको छ ।

साथै, प्राप्त उजूरीको आधारमा आयोगले भारतस्थित नेपाली दुतावास र अन्य माध्ययमबाट समेत घटना र विद्यार्थीको अवस्थाको बारेमा जानकारी लिइरहेको बताइएको छ । उक्त घटनाबाट नेपाली विद्यार्थीहरू अझैपनि भयरहीत वातावरणमा विश्व विद्यालय फर्कन नसकेको जानकारी प्राप्त भएको भन्दै आयोगले सो सम्बन्धमा थप कुटनीतिक पहल गरी विद्यार्थीहरूको अध्ययन गर्न पाउने वातावरण सिर्जना गर्न सरकारसँग आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल