७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

ट्रम्पलाई मेन्सन गर्दै बालेनले भने, ‘हामीलाई हाम्रो देश तपाईंको भन्दा राम्रो भएको महसुस गराउनु भएकोमा धन्यवाद’

९ फाल्गुन २०८१, शुक्रबार ०८:२०

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आफ्नो देश राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद दिएका छन्।

नेपालमा अमेरिकाले गरेको सहयोगलाई ट्रम्पले ठगी भनेपछि त्यसको जवाफ दिँदै बालेनले सामाजिक सञ्जालमार्फत् यस्तो भनेका हुन्। बालेनले ट्रम्पलाई हामीलाई हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएको भन्दै धन्यवाद दिएका हुन्।उनले अमेरिकीले देश बनाउन नसक्ने भन्दै अल्छी मानिसलाई बाँकी संसार चाहिने कुरा बुझ्न ट्रम्पलाई सुझाव दिए।

शाहले लेखेका छन्, ‘हामीलाई हाम्रो देश तपाईंको भन्दा राम्रो भएको आभास गराइदिनु भएकोमा धन्यवाद। हाम्रा मान्छेले देश छाडी रहेका कारण नै हामी गरिब भएका हौँ,’ उनले अगाडि लेखेका छन् ‘तपाईंहरू गरिब हो किनकि तपाईंका अल्छी नागरिकले आफ्नो देश बनाउन सकेनन्। यस कारण तपाईंहरूलाई यसका लागि संसारका मानिसको आवश्यकता परेको हो।’

बालेनको स्टाटस अनुसार, नेपाल गरिब हुनुको मुख्य कारण आफ्नो जनशक्ति विदेश पलायन हुनु हो, तर अमेरिकाको समस्या उल्टो रहेको उनको दाबी छ । उनले अमेरिकाका नागरिकहरूलाई ‘अल्छी’ भन्दै, उनीहरू आफैंले आफ्नो देश बनाउन नसक्ने टिप्पणी गरेका छन् ।

उनले डीभी लट्रीलाई ‘लालचपूर्ण दासत्व’ को संज्ञा दिँदै नेपालका रत्न फिर्ता गरिनुपर्ने माग समेत गरेका छन् । उनले अमेरिका लगायतका विकसित मुलुकहरूलाई विश्वलाई स्वतन्त्र रूपमा अगाडि बढ्न दिन सुझाव दिएका छन् ।

उनको यो अभिव्यक्तिले सामाजिक सञ्जालमा चर्को बहस निम्त्याएको छ । कतिपयले उनको विचारको समर्थन गरेका छन् भने कतिपयले यस्तो कडा अभिव्यक्ति अन्तर्राष्ट्रिय सम्बन्धका लागि हानिकारक हुन सक्ने तर्क गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी