७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब कसैले पनि लोकतन्त्रको विकल्प खोज्दैन: गगन थापा

९ फाल्गुन २०८१, शुक्रबार १५:१७

काठमाडौँ | नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अब कसैले पनि लोकतन्त्रको विकल्प नखोज्ने बताएका छन् ।

फागुन ७ गतेको प्रजातन्त्र दिवसका अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले विकल्प खोज्ने बेला आएको र त्यसका लागि आफू तयार भएको सन्देश दिएको सन्दर्भमा थापाको यस्तो भनाइ आएको हो ।

‘मलाई के विश्वास छ भने अब कसैले पनि लोकतन्त्रको विकल्प खोज्दैन’, उनले भैरहवा विमानस्थलमा भने, ‘म त्यस्तो कुराको कल्पना पनि गर्दिनँ र त्यो मान्दा पनि मान्दिनँ । लोकतन्त्रको विकल्प खोज्ने विषयमा छलफल पनि नगरौँ ।’

थापा सल्यान, रोल्पा र प्युठानमा हुने जिल्ला सम्मेलन तथा वृहत् आमसभामा सहभागी हुन काठमाडौंबाट भैरहवा हुँदै जाने क्रममा पत्रकारहरूसँग साक्षात्कार भएको हो ।

उनले अहिले सरकारमा रहेका कांग्रेसका मन्त्रीहरूलाई सबैले मिलेर सफल बनाउनुपर्ने पनि बताइ । ‘पार्टीबाट सरकारमा जिम्मा पाएका साथीहरूलाई थप सफल बनाउने हो । गलत काम नगर भन्ने हो’, उनले भने, ‘साथीहरूलाई खबरदारी र प्रश्न गर्ने कुरालाई जारी राखेर सफल बनाउनुपर्छ ।’

उनले कांग्रेसको महाधिवेशनलाई नियमित प्रक्रिया भनेका छन् । ‘महाधिवेशनमा समूह बन्छन्, प्यानल बन्छन्, चुनाव भिडिन्छ । त्यो लोकतान्त्रिक अभ्यास हो’, उनले भने, ‘हामीले १५ औँ महाधिवेशन प्रक्रिया थालिसकेका छौँ । विधानले तोकेको सीमाभित्र महाधिवशेन हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या