२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

लोकतन्त्रलाई बलियो बनाउनका लागि देशमा सम्भावना र अवसर आवश्यक : गृहमन्त्री लेखक

१० फाल्गुन २०८१, शनिबार १३:२६

काठमाडौं । गृहमन्त्री रमेश लेखकले लोकतन्त्रलाई बलियो बनाउनका लागि देशमा सम्भावना र अवसर आवश्यक भएको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा गृहमन्त्री लेखकले डेमोक्रेशि अराजकताको होईन्, अनुशासनको पद्धती भएको भन्दै यसले देशलाई रोजगारी र अवसरहरु दिनुपर्ने बताएका हुन् ।

उनले भने, ‘डेमोक्रेसी भनेको अनुशासनको पद्धती हो अराजकताको पद्धती होइन भन्ने कुरा बुझ्न जरुरी छ । अर्को डेमोक्रेसीसँग वितरणको पाटो जोड्न सकेनौं भने पनि त्यो डेमोक्रेसी अस्थायी नै हुन्छ । किनभने डेमोक्रेसीले दिनुपर्यो, बाँड्नु पर्यो । डेमोक्रेसीले वितरण गर्नुपर्ने कुरा भनेको सम्भावना, रोजगारी, अर्थ, सेवा र अवसर हो । लोकतन्त्रलाई बलियो बनाउनका लागि यी कुराहरु आवश्यक हुन्छन् ।’

यसको साथै उनले समुदाय र जातजातीका बीचमा गलत अभिव्यक्तिहरु प्रचार गर्ने कार्यले लोकतन्त्रलाई कमजोर पार्ने भन्दै यसको रक्षा गर्नु आजको आवश्यकता भएको बताए ।

उनले भने, ‘लोकतन्त्रलाई अराजकता गर्ने सुविधाका रुपमा प्रयोग गर्ने गतिविधिहरु देखिन्छन्, व्यक्ति व्यक्तिको चरित्र हत्या गर्ने, भ्रामक कुराहरु प्रचार गर्ने, समाज, समुदाय, जातजातीका बीचमा गलत अभिव्यक्तिहरु प्रचार गर्ने, यो सबै क्रियाकलापले लोकतन्त्रलाई कमजोर गर्छ । यस्तो कुरामा पनि सचेत हुनुपर्छ । हामीले संसारको राम्रो संविधान बनाएका छौं र यो संविधानको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र समावेशीताको सुदृढिकरण आजको आवश्यकता हो ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु