७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सेन्सर पास भयो चलचित्र ‘लाज शरणम्’, निर्धारित समयमै प्रदर्शनमा आउने

११ फाल्गुन २०८१, आईतवार १३:३१

काठमाडौँ | चलचित्र ‘लाज शरणम्’ निर्धारित समय बुधबार नै प्रदर्शनमा आउने भएको छ ।

संचार तथा सूचना प्रविधि मन्त्रालयमा मन्त्रालयका कानून विभाग हेर्ने अधिकारीसहित सो चलचित्रको जाँच गरेपछि केन्द्रीय चलचित्र जाँच पास समितिले चलचित्रलाई प्रदर्शन अनुमति दिएको हो ।

केहि दिनअघि निलम्बित सांसद तथा पूर्वमन्त्री अफताव आलमले चलचित्रमा देखाइएको पात्र आफ्नो गेटअपसंग मेल खाने र आफ्नो अनुमतिबिना चरित्रचित्रण गरेको भन्दै चलचित्र विरुद्ध उच्च अदालत पाटनमा निषेधाज्ञाको रिट दायर गरेका थिए । उक्त मुद्दाका आधारमा अदालतले फागुन ६ गते फिल्म लाज शरणम सम्बन्धी कुनै पनि प्रचार सामग्री सार्वजनिक नगर्न निर्देशन दिएपछि चलचित्रको ट्रेलर रिलिज कार्यक्रम पनि स्थगित गरिएको थियो । सेन्सर बोर्डले अनुमति नदिएसम्म चलचित्रसँग सम्बन्धित कुनै पनि सामग्री सार्वजनिक नगर्न निर्देशन दिएको थियो ।

त्यही आदेशलाई मान्दै केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले माघ ४ गते फिल्म ‘लाज शरणम’को जाँच गरेको थियो । समितिले चलचित्रको स्क्रिप्ट अध्ययन र चलचित्रको जाँच गरेपछि पूर्वमन्त्री आलमले भनेजस्तो चलचित्रमा कुनै पनि समस्या नरहेको बताएको छ ।

कुमार कट्टेल ‘जिग्री’को निर्देशनमा तयार भएको यस फिल्ममा विजय बराल, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बु लगायतको समेत अभिनय देख्न सकिन्छ । साथमा अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला , प्रियाना आचार्य पनि रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या