७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादी सांसद सापकोटाले मागे प्रधानमन्त्री ओलीको राजीनामा, नेपाललाई लज्जाजनक अवस्थामा पुर्याएको आरोप

११ फाल्गुन २०८१, आईतवार १४:२२

काठमाडौँ | नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य माधव सापकोटा ‘सुबोध’ ले प्रधानमन्त्री केपी शर्मा ओलीले मार्ग प्रशस्त गर्नुपर्ने बताएका छन् । सरकारको अकर्मन्यताको कारण फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) को प्लेनरी तथा वर्किङ ग्रूपले नेपाललाई सम्पत्तिशुद्धीकरण तथा आतङ्कवादी लगानीको जोखिमपूर्ण सूची (ग्रे लिस्ट) मा राखेको दाबी गदै उनले प्रधानमन्त्री ओलीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताएका हुन् । नेपाल ग्रे–लिस्टमा पर्नुले सरकार सम्पूर्ण रुपमा असफल भइसकेको पुष्टि गरेको बताए ।

‘सम्पत्ति सुद्धीकरण तथा आतङ्कवादी गतिविधि मामलामा निगरानी अन्तर्राष्ट्रिय संस्था एफएटीएफ ले नेपाललाई आधिकारिक रुपमा ग्रे लिस्टमा चढाएको छ । सरकारको अकर्मन्यता, वित्तीय क्षेत्रमा सुधारको अठोटको अभाव र सुशासनप्रतिको उपेक्षाका कारण नेपाल अन्ततः लज्जाजनक अवस्थामा पुगेको छ । म यसप्रति खेद व्यक्त गर्न चाहन्छु, निन्दा व्यक्त गर्न चाहन्छु । यो घटनाक्रमले सरकार सुशासनको पक्षमा छैन र सरकार सम्पूर्ण रुपले असफल भएको संकेतको रुपमा हामीले लिनुपर्छ । सरकारले नैतिक रुपमा आफने मार्ग प्रशस्त गर्नुपर्छ,’– प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै नेता सापकोटाले भने ।

अब सरकारको कुनै विश्वास र भरोसा बाँकी नरहेको बताउँदै सिंगै देशको इज्जत, प्रतिष्ठा र मान संरक्षण र रक्षाको लागि प्रतिनिधि सभाले गम्भीरतापूर्वक विशेष कदम चाल्नुपर्ने उनको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या