६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारत पढ्न जाने विद्यार्थीलाई एनओसी अनिवार्य गरौं : रघुजी पन्त

११ फाल्गुन २०८१, आईतवार १४:५८

काठमाडौँ | भारत पढ्न जाने विद्यार्थीहरूलाई नो अब्जेक्सन लेटर( एनओसी) अनिवार्य गर्न सांसदहरूले माग गरेका छन्। आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै नेकपा एमालेका सांसद रघुजी पन्तले विद्यार्थीको सुरक्षाका लागि पनि एनओसी अनिवार्य गर्नुपर्ने बताए।

‘जसरी अरू देश पढ्न जाने विद्यार्थीलाई एनओसी आवश्यक हुन्छ। यसैगरी भारत पढ्न जाने प्रत्येक विद्यार्थीलाई पनि एनओसी अनिवार्य गरिनुपर्छ,’उनले भने। उनले प्रकृति लम्सालको मृत्युपछि नेपाल फर्किएका विद्यार्थीलाई भारतमा पढ्ने वातावरण तत्काल बनाउनुपर्नेमा जोड दिए।

सांसद पन्तले विद्यार्थीहरूलाई भारत फर्काउन सरकारले के-कस्तो काम गरिरहेको छ यसबारे सम्बन्धित मन्त्रीले संसदमा जानकारी गराउन समेत माग गरे। ‘प्रकृति लम्सालको मृत्युपछि विभिन्न नाकाबाट पाँचसय विद्यार्थीहरू फर्किसकेका छन्। उनीहरू आतंकित छन्। ती सबैको भ्याइस रेकर्ड पनि सुन्यौं। उनीहरूमाथि जुन प्रकारको आक्रमण भयो त्यो कुनै शैक्षिक संस्थामा हुनुपर्ने कुरा होइन। उनीहरू फर्किने मनस्थितिमा छैनन्। फर्किएका विद्यार्थीहरूका लागि पढ्नका लागि शैक्षिक वातावरण बनाउन नेपाल सरकारले ठोस काम गर्नुपर्ने देखिन्छ। ती विद्यार्थीहरूलाई फर्काउन सरकारले केकस्तो पहल गरिरहेको छ,’उनले भने,’ यसबारे सम्बन्धित मन्त्रीले जवाफ दिनुपर्छ।’

उनले त्यहाँको विश्वविद्यालयले नेपाली विद्यार्थीमाथि गरेको ज्यादती र नेपाललाई होच्याउने काम आफैमा निन्दनीय भएको बताए। विद्यार्थीहरूलाई विदेश पलायनबाट रोक्न स्वदेशैमा गुणस्तरीय शिक्षाको व्यवस्था गर्न समेत माग गरे।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या