६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पाथीभरा केबलकार निर्माणमा राजनीति छिर्यो : योगेश भट्टराई

११ फाल्गुन २०८१, आईतवार १५:१६

काठमाडौँ | नेकपा एमालेका सांसद योगेश भट्टराईले ताप्लेजुङको धार्मिक पर्यटकीय स्थल पाथीभरा (मुकुम्लुङ) क्षेत्रमा केबलकार निर्माणमा भइरहेको विरोधमा राजनीति छिरेको बताएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकको बोल्दै उनले धर्म संस्कृतिलाई व्यक्तिको निजी स्वार्थमा प्रयोग गर्दा र राजनीतिमा धर्म संस्कृति प्रवेश गराउँदा त्यसले विवादको ठूला रुप लिएको बताएका हुन् ।

“ताप्लेजुङमा भइरहेको आन्दोलन र जुलुसमा नागरिकहरू आतंकित बनेका छन् । मसाल जुलुस प्रदर्शन गर्दा नागरिकका घरमा आगो फाल्ने काम भयो । सुरक्षाकर्मीमाथि सांगातिक हमला गर्ने काम भयो । उनीहरू घाइते छन् । उनीहरूको संयमताले अन्य गतिविधि र थप नोक्सानी हुनबाट जोगिएको छ,” उनले भने, ताप्लेजुङ जिल्ला पटक–पटक आगोलागीको चपेटामा परेको छ । त्यहाँ सुरक्षाकर्मीको संयमताले त्यस्तो स्थिति आउन पाएन । विकासको विरोधी कोही पनि छैन । धर्म र संस्कृतीको विरोधी कोही पनि छैन् । धर्म संस्कृतिलाई व्यक्तिको निजी स्वार्थमा जब हामी प्रयोग गर्न थाल्छौं, राजनीतिमा धर्म संस्कृति प्रवेश गराउँछौं, तब विवादको ठूला रुप लिन्छ । नेपाल बहुभाषिक बहुजाति, बहुधार्मिक र बहुसांस्कृतिक मुलुक हो । यस्तो मुलुकमा यस्तो खालको विवाद उत्पन्न हुनु अत्यन्तै दुखद कुरा हो ।”

साथै उनले विरोधको हक सबैलाई भएता पनि ऐन र कानूनले दिएको अधिकारको उपयोग गरेर केबलकार निर्माण थाल्दा कुनै स्वार्थ समूहले राजनीति छिराउन नहुने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या