६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संसद्‍मा गोकुलको कटाक्ष- पोखरामा रहेका पूर्वराजालाई काठमाडौं ल्याउन आन्दोलन गर्नुपर्दैन

११ फाल्गुन २०८१, आईतवार १६:४५

काठमाडौँ | प्रमुख सत्तारूढ दल नेकपा एमालेका नेता गोकुल बास्कोटाले नेपालमा राजसंस्था फर्किने सम्भावना नरहेको बताएका छन् ।

आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्ने क्रममा उनले नेपालमा मरिसकेको राजसंस्था बौरिने कुनै सम्भावना नभएको बताएका हुन् ।
‘राजा ल्याउने भनेर एकथरी कराउने, अर्काथरी संघर्ष चर्काउने भनेर कराइरहेका छन् । प्रतिशोध भयो भनेर अर्कोथरी सुरुदेखि नै कराउँदैछन् । ठीकै छ, यो कराउने ठाउँ नै हो, पाइन्छ कराउन’, उनले भने, ‘सरकार मन नपर्न सक्छ, के प्रमुख प्रतिपक्ष (माओ‌वादी केन्द्र) ले लोकतन्त्रको विकल्प खोजेको हो ? दक्षिणपन्थी विचार र वामपन्थी विचार बोक्नेको एउटै चुल्हो बलेको हो ? सहमति त्यसमै हो ? याद गर्नु होला, त्यो चुल्होमा गणतन्त्र मास्ने, राजतन्त्र फर्काउने खिचडी एक पाक्दैन, दुई पाक्दैन, तीन पाक्दैन । सम्भव छैन । यो २१औं शताब्दी हो, के गर्न राजा फर्काउने ?’

पूर्वसूचना तथा सञ्चारमन्त्री बास्कोटाले राजा फर्काउछु भन्दै आन्दोलन गर्नेलाई त्याग्न आग्रह गरेका छन् । पोखरामा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहलक्षित राप्रपाको आन्दोलनप्रति इंगित गर्दै बास्कोटाले कटाक्ष गरे । उनले पोखरामा रहेका पूर्वराजालाई काठमाडौंमा आउन कुनै आन्दोलन गर्नु नपर्ने बताए । जहाजको टिकट काटिदिएमा पूर्वराजा आफैँ काठमाडौं आउने टिप्पणी उनले गरे ।

‘यो २१ औँ शताब्दी हो, के गर्न राजा फर्काउने ? केका लागि राजतन्त्र फर्काउने ? के पाइन्छ ? राजा फर्काउन पोखरामा जुलुस गर्न पर्छ ?,’ उनले भने, ‘धेरै गर्नु पर्दैन, जहाजको एउटा टिकट काट्दिनुस्, पूर्वराजा जुलुस नगरी काठमाडौं फर्किहाल्छन् । केलाई दु:ख गर्ने ? फर्किने भनेको काठमाडौं त होला । सिंहासनमा त सम्भव छैन, सम्भव छँदै छैन ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या