७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

‘जनतासँग माओवादी तराई–मधेश जागरण अभियान’आजबाट झापाबाट सुरु

१२ फाल्गुन २०८१, सोमबार ०८:५८

काठमाडौं । नेकपा माओवादी केन्द्रको तराई मधेश जागरण अभियान आजबाट झापाबाट सुरु हुँदैछ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उक्त अभियान झापाको कचनकवलबाट सुरु गर्दैछन्।

अभियान सुरु गर्न प्रचण्ड आइतबार अपराह्न झापा आइसकेका छन्। आज कचनकवलमा एक कार्यक्रमको आयोजना गर्दै प्रचण्डले उक्त अभियान सुरु गर्ने पार्टीका नेताहरूले बताएका छन्।

माओवादीले आफ्नो पार्टी जनतासँग टाढा भएको भन्दै अब जनतासँग जोडिने गरि कार्यक्रम गर्ने भन्दै अभियान संचालन गर्न लागेको बताएको छ ।

प्रतिगमनको खतराविरूद्ध खबरदारी गर्दै संविधान रक्षा, सुशासन, सामाजिक न्याय र समृद्धिको बाटो हुँदै समाजवादी क्रान्तिको आधार तयार गर्नका लागि अभियान सञ्चालन गर्न लागिएको माओवादीले जनाएको छ।

दलाल, विचौलिया तथा भ्रष्टाचारीलाई संरक्षण गर्ने सरकारी प्रवृत्तिको विरोध र भण्डाफोर गर्न, अध्यादेशमार्फत् राज्य सञ्चालन गर्ने र देशलाई दुईदलीय तानाशाहीतर्फ लैजान खोज्ने सरकारको निरङ्कुश प्रवृत्तिको विरोध गर्दै भूमिहीन, सुकुम्बासी, अव्यवस्थित बसोबासीका समस्या तत्काल समाधानका लागि दबाब दिनलगायत अन्य धेरै विषयलाई सम्बोधन गर्नका लागि दबाब दिने उद्धेश्यले अभियान सञ्चालन गर्न लागिएको माओवादी केन्द्रका नेताहरूले बताएका छन्।

कहाँ-कहाँ कहिले-कहिले छ अभियान ?

कोशी प्रदेश:- झापा– फागुन –१२ गते, मोरङ– फागुन १३ गते, सुनसरी – फागुन १५ गते,

मधेश प्रदेश:-सप्तरी – फागुन १६ गते, सिरहा – फागुन १७ गते, धनुषा – फागुन १८ गते, महोत्तरी – फागुन १९ गते, सर्लाही– फागुन २१ गते, रौतहट– फागुन २२ गते, बारा– फागुन २३ गते, पर्सा– फागुन २४ गते |

बागमती प्रदेश: चितवन– फागुन २५ गते

गण्डकी प्रदेश”-नवलपुर (नवलपरासी पूर्व)– फागुन २६ गते,

लुम्बिनी प्रदेश:-परासी (नवलपरासी पश्चिम) फागुन– २७ गते, रुपन्देही–फागुन २८ गते, कपिलवस्तु– चैत्र २ गते, दाङ– चैत्र ३ गते, बाँके– चैत्र ४ गते, बर्दिया– चैत्र ५ गते

सुदुरपश्चिम प्रदेश:- कैलाली–चैत्र ६ गते, कञ्चनपुर– चैत्र ७ गते ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी