७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ठमेलमा प्रहरी कुट्ने अखिलका नेताहरूविरूद्ध मुद्दा दर्ता

१२ फाल्गुन २०८१, सोमबार १३:१५

काठमाडौँ | काठमाडौंको ठमेलमा प्रहरीमाथि कुटपिट गर्ने नेकपा एमाले निकट भ्रातृ संगठनका विद्यार्थी नेताहरूविरूद्ध मुद्दा दर्ता भएको छ।

सरकारी वकिलको कार्यालय काठमाडौंले आइतबार जिल्ला अदालत काठमाडौंमा ६ जनाविरूद्ध मुद्दा दायर गरेको हो।

अनेरास्ववियुका स्थायी कमिटी सदस्य कमलराज जोशी, अन्य नेताहरू गोपालबहादुर शाही, रमेशकुमार फुलारा, नविन सिं ऐर, दिनेश सिग्देल र सौजन्य शाहीविरूद्ध मुद्दा दायर भएको हो। उनीहरू अमृत साइन्स क्याम्पस (अस्कल) मा पढ्ने विद्यार्थीहरू हुन्।

माघ २५ गते मध्यरातमा काठमाडौं महानगरपालिका-२६ छाया सेन्टर अगाडि प्रहरी हवल्दार जगुलाल घर्ती र प्रहरी जवान नगेन्द्रराज विष्टमाथि ६ जनाको समूहले कुटपिट गरेका थिए।

दुई जना प्रहरीमाथि कुटपिट गरेको भए पनि अभद्र व्यवहारमा मात्रै प्रहरीले मुद्दा दायर गरेको हो।

प्रहरीले सामान्यत: २५ दिन हिरासतमा राखेर मुद्दा दायर गर्ने गरेको छ। तर नेताहरूविरूद्धको मुद्दा भने दुई सातापछि नै दायर गरेको भन्दै प्रहरीको आलोचना भएको छ।

सरकारी वकिलले उनीहरूलाई एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना वा दुबै सजायको माग गरेको छ।

यस्तै, कमलराज जोशी, गोपालबहादुर शाही र दिनेश सिग्देलले पटकपटक कसुर गरेको भन्दै थप सजाय माग गरेको छ। उनीहरूलाई दोब्बर सजायको माग गरेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या