२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ठमेलमा प्रहरी कुट्ने अखिलका नेताहरूविरूद्ध मुद्दा दर्ता

२०८१, १२ फाल्गुन सोमबार १३:१५

काठमाडौँ | काठमाडौंको ठमेलमा प्रहरीमाथि कुटपिट गर्ने नेकपा एमाले निकट भ्रातृ संगठनका विद्यार्थी नेताहरूविरूद्ध मुद्दा दर्ता भएको छ।

सरकारी वकिलको कार्यालय काठमाडौंले आइतबार जिल्ला अदालत काठमाडौंमा ६ जनाविरूद्ध मुद्दा दायर गरेको हो।

अनेरास्ववियुका स्थायी कमिटी सदस्य कमलराज जोशी, अन्य नेताहरू गोपालबहादुर शाही, रमेशकुमार फुलारा, नविन सिं ऐर, दिनेश सिग्देल र सौजन्य शाहीविरूद्ध मुद्दा दायर भएको हो। उनीहरू अमृत साइन्स क्याम्पस (अस्कल) मा पढ्ने विद्यार्थीहरू हुन्।

माघ २५ गते मध्यरातमा काठमाडौं महानगरपालिका-२६ छाया सेन्टर अगाडि प्रहरी हवल्दार जगुलाल घर्ती र प्रहरी जवान नगेन्द्रराज विष्टमाथि ६ जनाको समूहले कुटपिट गरेका थिए।

दुई जना प्रहरीमाथि कुटपिट गरेको भए पनि अभद्र व्यवहारमा मात्रै प्रहरीले मुद्दा दायर गरेको हो।

प्रहरीले सामान्यत: २५ दिन हिरासतमा राखेर मुद्दा दायर गर्ने गरेको छ। तर नेताहरूविरूद्धको मुद्दा भने दुई सातापछि नै दायर गरेको भन्दै प्रहरीको आलोचना भएको छ।

सरकारी वकिलले उनीहरूलाई एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना वा दुबै सजायको माग गरेको छ।

यस्तै, कमलराज जोशी, गोपालबहादुर शाही र दिनेश सिग्देलले पटकपटक कसुर गरेको भन्दै थप सजाय माग गरेको छ। उनीहरूलाई दोब्बर सजायको माग गरेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी