७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

रास्वपा उपसभापति वाग्लेले प्रकृति लम्सालको सपरिवारलाई श्रद्धाञ्जली दिएको वक्तव्य रेकर्डबाट हटाउन माग

१२ फाल्गुन २०८१, सोमबार १४:३१

काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति समेत रहेका प्रतिनिधि सभा सदस्य डा. स्वर्णिम वाग्लेले केहि दिन अघिको संसद बैठकमा प्रकृति लम्सालको सपरिवारलाई हार्दिक श्रद्धाञ्जली दिएको वक्तव्य संसदनको रेकर्डबाट हटाउन माग गरिएको छ ।

राज्य व्यवस्था तथा सुशासन समितिका सभापति समेत रहेका रहेका नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले सोमबारको बैठकको शून्य समयमा नियमापत्ति गर्दै फागुन ६ गते रास्वपा सांसद वाग्लेले मृत्यु नभएका परिवारका सदस्यलाई पनि श्रद्धाञ्जली व्यक्त गरेको वक्तव्य संसदको रेकर्डबाट हटाउन माग गरेका हुन् ।

कांग्रेस सांसद खतिवडाले नियमापत्ति गर्दै भने, ‘सभामुख महोदय, २०८१ फागुन ६ गतेका दिन भारतको उडिसामा प्रकृति लम्सालको भएको दुखद निधनप्रति हामी सबै चिन्तित भयौ । उहाँको स्वर्गवास भयो, हामी सबैले उहाँप्रति श्रद्धाञ्जली दियौ । तर, एक जना माननीय सदस्यले सपरिवारलाई श्रद्धाञ्जली भनेर संसदमा बोल्नुभएको छ । बुटवलवासी मात्रै होइन, समग्र देशवासी नै घरपरिवारमा एउटा छोरी परलोक भएको अवस्थामा परिवारका सबैलाई श्रद्धाञ्जली भन्ने वक्तव्य रेकर्डबाट हटाइयोस् । यो फागुन ६ गतेका दिन डा.माननीय स्वर्णिम वाग्लेले त्यस्तो भन्नुभएको छ । त्यसैले यो संसदको रेकर्डबाट हटाइयोस् भनेर माग गर्दछु सभामुख महोदय ।’

लगत्तै सभामुख देवराज घिमिरेले आफ्नो त्यसतर्फ ध्यानाकर्षण भएको भन्दै सचिवालयलाई अध्ययन गरेर कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन् । उनले भने, ‘माननीय सदस्य ज्यूले उठाउनुभएको विषयप्रति मेरो ध्यानाकर्षण भएको छ । म सचिवालयलाई के भएको रहेछ, त्यस्तो भएको छ भने त्यसलाई सच्याउनका लागि निर्देशन दिन्छु ।’

रास्वपाका सांसद वाग्लेले फागुन ६ गतेको बैठकको विशेष समयमा बोल्ने क्रममा परिवारजनप्रति समेत श्रद्धाञ्जली व्यक्त गरेका थिए । उनले भनेका थिए, ‘सभामुख महोदय, हिजो ओडिसाको केआईआइटी असाध्यै दुखद घटना घट्यो । नेपाली विद्यार्थी प्रकृति लम्सालको असामयिक निधन भएको छ ।

परिवारजनप्रति म र हाम्रो पार्टीका प्रवक्ताबाट श्रद्धाञ्जली पनि व्यक्त गरेका छौ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी