७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

माओवादीद्वारा हुलाकी राजमार्ग जनजागरण अभियान तयारी बैठक सम्पन्न

१३ फाल्गुन २०८१, मंगलवार ०८:२८

जनकपुर । नेकपा माओवादी केन्द्रका केन्द्रीय उपमहासचिव तथा मधेस प्रदेशका इन्चार्ज मातृकाप्रसाद यादवले हुलाकी राजमार्ग जनजागरण अभियानको तयारीका लागि सप्तरीको राजविराजमा पार्टीका नेताकार्यकर्ताहरूसँग विशेष छलफल गरेका छन् ।

सोमबार आयोजित छलफल कार्यक्रममा उपमहासचिव यादवले जनताको लामो समयदेखिको अपेक्षा पूरा गर्न हुलाकी राजमार्गको उचित उपयोग र यसको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताउँदै यस अभियानलाई जनस्तरमा लैजानुपर्नेमा जोड दिए।

बैठकमा सहभागी कार्यकर्ताहरूले समेत आफ्नो सुझाव प्रस्तुत गर्दै अभियानलाई सफल बनाउन सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाएका थिए। बैठकमा हुलाकी राजमार्गसँग जोडिएका क्षेत्रहरूको विकास, जनचेतना अभिवृद्धि, पार्टी संगठन सुदृढीकरण र स्थानीय जनसमस्याहरू समाधानका उपायहरूबारे विस्तृत छलफल गरेका थिए । नेकपा माओवादी केन्द्रद्वारा सञ्चालित हुलाकी राजमार्ग जनजागरण अभियानले आगामी दिनमा स्थानीय विकास, पूर्वाधार निर्माण र जनताको प्रत्यक्ष सहभागिता बढाउन महत्वपूर्ण योगदान गर्ने अपेक्षा गरिएको छ।

कार्यक्रममा मधेस प्रदेशस्तरीय नेताहरू, जिल्ला तहका पदाधिकारीहरू तथा स्थानीय कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी