२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

झापामा रिसाएका नारायणकाजी तराई-मधेश जागरण कार्यक्रम छाडेर पुगे चितवन, के भएको थियो ?

२०८१, १३ फाल्गुन मंगलवार १२:१६

काठमाडौँ | सोमबारबाट सुरु भएको प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको तराई-मधेश जागरण कार्यक्रममा रिसाएका वरिष्ठ उापध्यक्ष नारायणकाजी श्रेष्ठ अभियान छाडेर चितवन पुगेका छन् । सोमबारबाट सुरु भएको तराई-मधेश जागरण कार्यक्रम अन्तर्गत झापामा भएको उद्घाटन सत्रमा नारायणकाजी रिसाएका थिए ।

सम्बोधन गर्नेक्रममा आयोजकसँग रिसाएका श्रेष्ठ झापाको बाह्रदशीमा भएको कार्यक्रममा देखिएका थिएनन् । मंगलबार बिहान मोरङ जिल्लाको कानेपोखरी गाउँपालिकाको रमाइलो बजारमा भएको कार्यक्रममा समेत उनी देखिएका छैनन् ।

पूर्व उपप्रधान तथा गृहमन्त्री एवं परराष्ट्रमन्त्री समेत रहेका नेता श्रेष्ठ अहिले चितवन पुगेका छन् । अहिले माडी नगरपालिकामा हुन लागिएको चार दिने शिवरात्रि मेलाको उद्घाटनका लागि श्रेष्ठ चितवन आएका हुन् । झापामा रिसाएर चितवन आएका उनी फेरि अभियानमा जोडिने वा नजोडिने भन्नेमा आशंका उब्जिएको छ ।

किन रिसाए नारायणकाजी ?
सोमबार माओवादी केन्द्रले नेपालकै होचो भुभाग झापाको कचनकेवलबाट आफ्नो अभियान थालेको थियो । अभियानमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका सबै पदाधिकारी उपस्थित भएका थिए । यसअघिका कार्यक्रममा अध्यक्ष प्रचण्डमात्र बोल्ने गरेकोमा हिजोको कार्यक्रममा सबै पदाधिकारी बोल्ने तय भएको थियो । सोही अनुरुप नारायणकाजीको पालो आएपछि उनी बोल्न थालेका थिए ।

संविधान जारीदेखि वर्तमान अवस्था सम्मको कुरा गर्न सुरु गरेका श्रेष्ठ बिचमै रिसाउन पुगेका थिए । त्यति नै बेला कार्यक्रमका उद्घोषक माओवादी केन्द्र झापाका अध्यक्ष राज आचार्य ‘अग्नि’ नारायणकाजीको छेउमा गएर उभिए। त्यसपछि नारायणकाजी एकाएक जंगिए, ‘तपाईं मलाई सम्बोधन सक्नु भन्न आउनु भएको हो? हो भने भन्नुस्। म जान्छु।’

आचार्यले भने, ‘होइन, त्यस्तो होइन।’

नारायणकाजी पुनः जंगिए, ‘होइन भने किन अगाडि उभिन आउनु भएको? उनले दर्शकदीर्घातिर फर्केर फेरि भने, ‘समयको चाप छ, म थोरै कुरा भन्न चाहन्थें। कार्यक्रम सञ्चालकलाई समयको चाप भयो होला, म विदा चाहन्छु, लाल सलाम!’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी