६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

झापामा रिसाएका नारायणकाजी तराई-मधेश जागरण कार्यक्रम छाडेर पुगे चितवन, के भएको थियो ?

१३ फाल्गुन २०८१, मंगलवार १२:१६

काठमाडौँ | सोमबारबाट सुरु भएको प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको तराई-मधेश जागरण कार्यक्रममा रिसाएका वरिष्ठ उापध्यक्ष नारायणकाजी श्रेष्ठ अभियान छाडेर चितवन पुगेका छन् । सोमबारबाट सुरु भएको तराई-मधेश जागरण कार्यक्रम अन्तर्गत झापामा भएको उद्घाटन सत्रमा नारायणकाजी रिसाएका थिए ।

सम्बोधन गर्नेक्रममा आयोजकसँग रिसाएका श्रेष्ठ झापाको बाह्रदशीमा भएको कार्यक्रममा देखिएका थिएनन् । मंगलबार बिहान मोरङ जिल्लाको कानेपोखरी गाउँपालिकाको रमाइलो बजारमा भएको कार्यक्रममा समेत उनी देखिएका छैनन् ।

पूर्व उपप्रधान तथा गृहमन्त्री एवं परराष्ट्रमन्त्री समेत रहेका नेता श्रेष्ठ अहिले चितवन पुगेका छन् । अहिले माडी नगरपालिकामा हुन लागिएको चार दिने शिवरात्रि मेलाको उद्घाटनका लागि श्रेष्ठ चितवन आएका हुन् । झापामा रिसाएर चितवन आएका उनी फेरि अभियानमा जोडिने वा नजोडिने भन्नेमा आशंका उब्जिएको छ ।

किन रिसाए नारायणकाजी ?
सोमबार माओवादी केन्द्रले नेपालकै होचो भुभाग झापाको कचनकेवलबाट आफ्नो अभियान थालेको थियो । अभियानमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका सबै पदाधिकारी उपस्थित भएका थिए । यसअघिका कार्यक्रममा अध्यक्ष प्रचण्डमात्र बोल्ने गरेकोमा हिजोको कार्यक्रममा सबै पदाधिकारी बोल्ने तय भएको थियो । सोही अनुरुप नारायणकाजीको पालो आएपछि उनी बोल्न थालेका थिए ।

संविधान जारीदेखि वर्तमान अवस्था सम्मको कुरा गर्न सुरु गरेका श्रेष्ठ बिचमै रिसाउन पुगेका थिए । त्यति नै बेला कार्यक्रमका उद्घोषक माओवादी केन्द्र झापाका अध्यक्ष राज आचार्य ‘अग्नि’ नारायणकाजीको छेउमा गएर उभिए। त्यसपछि नारायणकाजी एकाएक जंगिए, ‘तपाईं मलाई सम्बोधन सक्नु भन्न आउनु भएको हो? हो भने भन्नुस्। म जान्छु।’

आचार्यले भने, ‘होइन, त्यस्तो होइन।’

नारायणकाजी पुनः जंगिए, ‘होइन भने किन अगाडि उभिन आउनु भएको? उनले दर्शकदीर्घातिर फर्केर फेरि भने, ‘समयको चाप छ, म थोरै कुरा भन्न चाहन्थें। कार्यक्रम सञ्चालकलाई समयको चाप भयो होला, म विदा चाहन्छु, लाल सलाम!’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या