६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रहरी कुटेको घटनामा जबरजस्ती जोडेर चरित्र हत्या गरिएको भन्दै अनेरास्ववियुका नेता जोशीको आपत्ति

१३ फाल्गुन २०८१, मंगलवार १६:३६

काठमाडौँ | नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुका स्थायी कमिटी सदस्य तथा अमृत साइन्स क्याम्पस (अस्कल) इकाइका पूर्व अध्यक्ष कमल जोशीले आफूलाई जबरजस्ती मिडियाहरुले प्रहरी कुट्ने घटनामा जोडेको भन्दै आपत्ति जनाएका छन् । आज (मंगलबार) रिपोर्टर्स क्बल नेपालमा पत्रकार सम्मेलन गर्दै उनले आफूले घटनालाई सामान्यीकरण गर्नमात्रै खोजिएको बताएका हु्न् । प्रहरीले आफूलाई घटनामा संलग्न छ नभनेको र आफूविरुद्ध कसैले पनि जाहेरी नदिएको अवस्थामा मिडियाबाजी गरेको आफूलाई फसाउन खोजिएको उनले बताए । जोशीले आफूमाथि लगाइएको कुनैपनि आरोप सत्यता नरहेको र आफू निर्दोष रहेको बताए ।

उनले उक्त घटनामा पार्टी र संगठनको नाम जोडेर बदनाम गर्ने कोशिस गरेको भन्दै आपत्ति जनाए । उनले भने, ‘मैले त्यहाँ भएको घटनालाई सामान्य तरिकाले झगडालाई न्यूनीकरण गर्ने र एकअर्कालाई सम्झाइ बुझाइ गरेको पनि तपाईहरुले देख्नुभएकै छ । सामान्यतः प्रहरीसँग आम नागरिकको वादविवाद हुने कुरा त्यति ठूलो कुरा होईन । तर, प्रहरीसँगको झगडालाई लिएर सरकारसँग, पार्टीसँग जोड्ने, मेरो पनि व्यक्तिगत हिसाबले चरित्र हत्या गर्ने र विभिन्न घटनाका बारेमा मिडियामा आएको छ । प्रहरीहरु घाइते छैनन्, कुनै चोट पटक लागेको छैन । प्रहरीले कमल जोशीको गल्ती छ भनेर भनेको छैन, कहीँकतै जाहेरी दिएको छैन । तर, मिडियाले यस्तो किसिमले ट्रायल गर्छ, कमल जोशी नै हुन् ती व्यक्ति जसले मुक्का प्रहार गरे भनेर ।’

गत माघ २४ गते राति ठमेलमा अनेरास्ववियुका विद्यार्थी नेताले प्रहरीमाथि कुटपिट गरेको आरोपमा जोशीसहित ५ जना पक्राउ परेका थिए । काठमाडौं जिल्ला अदालतले उनीहरुलाई हिजो धरौटीमा छाडेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या