२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रहरी कुटेको घटनामा जबरजस्ती जोडेर चरित्र हत्या गरिएको भन्दै अनेरास्ववियुका नेता जोशीको आपत्ति

२०८१, १३ फाल्गुन मंगलवार १६:३६

काठमाडौँ | नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुका स्थायी कमिटी सदस्य तथा अमृत साइन्स क्याम्पस (अस्कल) इकाइका पूर्व अध्यक्ष कमल जोशीले आफूलाई जबरजस्ती मिडियाहरुले प्रहरी कुट्ने घटनामा जोडेको भन्दै आपत्ति जनाएका छन् । आज (मंगलबार) रिपोर्टर्स क्बल नेपालमा पत्रकार सम्मेलन गर्दै उनले आफूले घटनालाई सामान्यीकरण गर्नमात्रै खोजिएको बताएका हु्न् । प्रहरीले आफूलाई घटनामा संलग्न छ नभनेको र आफूविरुद्ध कसैले पनि जाहेरी नदिएको अवस्थामा मिडियाबाजी गरेको आफूलाई फसाउन खोजिएको उनले बताए । जोशीले आफूमाथि लगाइएको कुनैपनि आरोप सत्यता नरहेको र आफू निर्दोष रहेको बताए ।

उनले उक्त घटनामा पार्टी र संगठनको नाम जोडेर बदनाम गर्ने कोशिस गरेको भन्दै आपत्ति जनाए । उनले भने, ‘मैले त्यहाँ भएको घटनालाई सामान्य तरिकाले झगडालाई न्यूनीकरण गर्ने र एकअर्कालाई सम्झाइ बुझाइ गरेको पनि तपाईहरुले देख्नुभएकै छ । सामान्यतः प्रहरीसँग आम नागरिकको वादविवाद हुने कुरा त्यति ठूलो कुरा होईन । तर, प्रहरीसँगको झगडालाई लिएर सरकारसँग, पार्टीसँग जोड्ने, मेरो पनि व्यक्तिगत हिसाबले चरित्र हत्या गर्ने र विभिन्न घटनाका बारेमा मिडियामा आएको छ । प्रहरीहरु घाइते छैनन्, कुनै चोट पटक लागेको छैन । प्रहरीले कमल जोशीको गल्ती छ भनेर भनेको छैन, कहीँकतै जाहेरी दिएको छैन । तर, मिडियाले यस्तो किसिमले ट्रायल गर्छ, कमल जोशी नै हुन् ती व्यक्ति जसले मुक्का प्रहार गरे भनेर ।’

गत माघ २४ गते राति ठमेलमा अनेरास्ववियुका विद्यार्थी नेताले प्रहरीमाथि कुटपिट गरेको आरोपमा जोशीसहित ५ जना पक्राउ परेका थिए । काठमाडौं जिल्ला अदालतले उनीहरुलाई हिजो धरौटीमा छाडेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी