२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ज्ञानेन्द्र शाहीको अमर्यादित टिप्पणीले संसद्मा हंगामा, एमाले र माओवादीको संयुक्त प्रतिवाद

१३ फाल्गुन २०८१, मंगलवार १६:४४

काठमाडौँ | केही दिनेदखि राष्ट्रिय सभालाई लिएर अर्मादित टिका टिप्पणी गर्दै आइरहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) ले फेरि सोही व्यहोरा दोहोर्याएका छन् । मंगलबार बसेको बैठकमा राष्ट्रिय सभालाई वृद्धआश्रम भन्दै टिप्पणी गरेपछि सत्तारुढ दल नेकपा एमाले र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले प्रतिवाद गरेका छन् ।

मंगलबार प्रतिनिधि सभामा आम सञ्चार विधेयकमाथिको छलफलमा सांसद शाहीले राष्ट्रिय सभाबाट पारित भएर आएको विधेयकमा गलत कुरा रहेको दाबी गर्दै सांसद शाहीले राष्ट्रिय सभाले जस्ताको त्यस्तै पारित गरेको भन्दै आपत्ति जनाए । उनले राष्ट्रिय सभा वृद्धआश्रम बनेको बताउँदै त्यस्तो कुरा ख्याल नगर्ने सभा वृद्धआश्रम नै भएको आरोप लगाए । ‘यत्तिसम्म पनि अध्ययन गरेर आउँदै भने हामीले वृद्धाश्रम नभनेर राष्ट्रिय सभालाई के भन्ने ?’ उनले भने ।

सांसद शाहीले राष्ट्रिय सभालाई होच्याउने शव्द प्रयोग गरेपछि माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले विरोध जनाए । उनले नियमापत्ति गर्दै सांसद शाहीको शव्द सदनको रेकर्डबाट हटाउन माग गरे । ‘संसदको रोष्ट्रममा बसेर राष्ट्रिय सभाबारे गरेको टिप्पणी गलत छ’ पाण्डेले भने । संविधान, कानुन अनुसारको अभिव्यक्ति नरहेको भनेर सभामुखको ध्यानाकर्षण गरे ।

सांसद पाण्डेको नियमापत्तिपछि सभामुख देवराज घिमिरेले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाए । उनले आफ्नो ध्यानाकर्षण भएको बताउँदै पाण्डेलाई बस्न अनुरोध गरे । सांसद शाहीलाई बोल्न अनुमति दिए । पाण्डेको नियमापत्ति पछि बोलेका सांसद शाही फेरि पाण्डे माथि नै जाइलागे ।

सांसद शाहीले प्रतिनिधि सभा सदस्यलाई राष्ट्रिय बोलेकै आधारमा राष्ट्रिय सभाचले खेद प्रस्ताव पारित गर्दा किन नबोलेको भन्दै पाण्डेमाथि प्रश्न तेर्साए । ‘म प्रतिनिधि सभाको निर्वाचित सदस्य हो । मेरा विरुद्धमा राष्ट्रिय सभामा खेद प्रस्ताव पारित हुँदा तपाईंको ध्यान कहाँ थियो ?’ उनले सोधे ।

सांसद पाण्डे र शाहीको सवाल जवाफमा नेकपा एमालेका सांसद रघुजी पन्त पनि मिसिए । उनले आफू यसअघि प्रेस काउन्सिल नेपालको सदस्य भइसकेको र यसबारेमा धेरै कुरा थाहा रहेको बताउँदै राप्रपाि सांसद शाहीले सदनमा गलत सूचना सम्प्रेषण गरेको बताए । उनले यस्तो गलत कुरा नगर्न आग्रह गरे । रत, सांसद शाही फेरि पन्तमाथि जाईलागे ।

त्यसपछि सांसद शाहीले ‘राष्ट्रिय सभा विज्ञको सभा हुनुपर्नेमा राजनीतिक दलका कार्यकर्ता भर्ती केन्द्र हुन पुगेको’ टिप्पणी गरे ।

‘राष्ट्रिय सभा विज्ञहरूको भर्ती केन्द्रका लागि बनाइएको हो तर, अहिले कार्यकर्ताको भर्ती केन्द्र भयो रु’

राष्ट्रिय सभामा ‘विज्ञ खै’ भनेर उनले प्रश्न गरे । ‘कानुन विज्ञ खै ? अर्थ विज्ञ खै ? कुटनीतिक तथा परराष्ट्र विज्ञ खै ? चलचित्रको विज्ञ खै ? कृषि विज्ञ खै ?सञ्चार विज्ञ खै ? शिक्षा विज्ञ खै ? स्वास्थ्य विज्ञ खै ? आविश्कार तथा अन्वेष्ण विज्ञ खै ? सांस्कृतिक तथा पर्यटन विज्ञ खै ? पूर्वाधार तथा भौतिक विज्ञ खै ? सुरक्षा तथा रक्षा विज्ञ खै ?’

एमाले सांसद पन्तले निरन्तर शाहीको कुरा गलत भएको बताईरहे । तर, सभामुखले बोल्न अनुमति दिएन्न । निक्कै लामो समयसम्म पन्त आफ्नो आसनबाट उठिरहे । सभामुखले राप्रपा सांसद शाहीलाई व्यक्ति केन्द्रीत भएर नबोल्न अनुरोध गरे । सांसद पन्तले ‘संसदलाई गलत जानकारी दिन नपाइने’ भन्दै आपति जनाए का थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता