७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

महाशिवरात्रि पर्वले नेपालीबीच आपसी सद्भाव र एकताको भावनालाई बलियो बनाउँछ : सभामुख घिमिरे

१४ फाल्गुन २०८१, बुधबार ०८:४२

काठमाडौँ । सभामुख देवराज घिमिरेले महाशिवरात्रि पर्वले सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र एकताको भावनालाई बलियो बनाउँदै सबैलाई सकारात्मक ऊर्जा, आत्मज्ञान, शान्ति र समृद्धि प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।

महाशिवरात्रि पर्वका अवसरमा आज शुभकामना व्यक्त गर्दै सभामुख घिमिरेले सो पर्वले धर्म, आस्था, प्रेम, करुणा र मानवताका मूल्यमान्यतासँग जोड्न मद्दत पुग्ने उल्लेख गरे। महाशिवरात्रि हिन्दू धर्मावलम्बीहरूको एक प्रमुख पर्व हो । यस पर्वमा भगवान् शिवको पूजाआराधना र तपस्या गरी मनाइन्छ ।

महाशिवरात्रिको विशेष महत्व धार्मिक, आध्यात्मिक तथा सांस्कृतिक रूपमा गहिरो छ । किंवदन्तीअनुसार यस रात शिव–पार्वतीको विवाह भएको दिन हो । यस दिनलाई भगवान् शिवले सृष्टि, संरक्षण र संहारको सिद्धान्तलाई आत्मसात् गरी ध्यानमग्न भएको दिनका रूपमा समेत स्मरण गरिन्छ ।

सभामुख घिमिरेले भने, “नेपाल धार्मिक तथा सांस्कृतिक विविधताको धनी राष्ट्र हो, यहाँ रहेका मठमन्दिर, पर्व–उत्सव र परम्पराले नेपाली सभ्यतालाई विशिष्टता प्रदान गरेका छन्, महाशिवरात्रि पनि हाम्रो संस्कृति र परम्परासँग अभिन्न रूपमा गाँसिएको पर्व हो ।”

काठमाडौँस्थित पशुपतिनाथ मन्दिर महाशिवरात्रिका अवसरमा लाखौँ भक्तजनको गन्तव्य बन्ने गरेको छ । पशुपतिनाथमा भगवान् शिवलाई पशुपति अर्थात् सम्पूर्ण जीवहरूको स्वामीको रूपमा पूजा गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी