७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

राजनीतिक दलहरुमध्ये एमाले सबैभन्दा धनी, कांग्रेस र माओवादी अवस्था कस्तो ?

१५ फाल्गुन २०८१, बिहीबार ०९:१३

काठमाडौं । नेपालका राजनीतिक दलहरुमध्ये नेकपा (एमाले) सबैभन्दा धनी दल रहेको पाइएको छ ।

निर्वाचन आयोगमा राजनीतिक दलहरुले बुझाएको आर्थिक वर्ष २०८०/८१ को आम्दानी र खर्चको विवरणअनुसार एमाले नाफामा छ । एमालेले गत आर्थिक वर्षमा १४ करोड ७९ लाख पाँच हजार ८०९ रुपियाँ आम्दानी गरेको छ। आव २०७९/८० मा करिब दुई करोड ६२ लाख ८४ हजार रुपियाँले घाटामा रहेको एमाले यस वर्ष करिब सात करोड २८ लाख रुपियाँले बचतमा गएको हो।

एमालेको आम्दानीको मुख्य स्रोत कार्यकर्ताबाट सङ्कलित सदस्यता शुल्कबापतको हो। उसले सो शीर्षकमा ११ करोड ५४ लाख ३० हजार ४३७ रुपियाँ आम्दानी गरेको छ। अघिल्लो वर्ष सोही शीर्षकबाट एमालेले एक करोड २१ लाख १६ हजार ४१८ रुपियाँ आम्दानी गरेको थियो।

त्यस्तै, संसद्को सबैभन्दा ठुलो दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी घाटामा रहेको पाइएको छ । कांग्रेसनिरन्तर दुई वर्षदेखि घाटामा छ। कांग्रेसले आव २०८०/८१ मा दुई करोड ५९ लाख आठ हजार ७७५ रुपियाँ आम्दानी गरेको छ। तर, खर्च भने चार करोड ९१ लाख ५६ हजार ३७५ रुपियाँ गरेको आयोगमा उल्लेख छ । कांग्रेसको आम्दानीको प्रमुख स्रोत चन्दा र सहयोग हो ।

यसैगरी, माओवादी केन्द्रको सार्वजनिक गरिएको आयव्यय विवरणमा पनि आम्दानी भन्दा खर्च धेरै देखिएको छ । पार्टीले १ करोड ८६ लाख ५२ हजार आम्दानी गरेको छ भने खर्च भने २ करोड २० लाख ७९ हजार भएको छ । सोही आर्थिक वर्षमा माओवादीले चन्दा बापत कुनै रकम लिएको छैन । यो अवधिमा माओवादीले जम्मा २ हजारको सम्पत्ति बिक्री गरेको छ भने त्यसअघिको आर्थिक वर्षमा सम्पत्ति बिक्री नगरेको लेखा परीक्षणमार्फत जनाइएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी आम्दानीको दोब्बर खर्च गर्दा करिब पौने दुई करोड रुपियाँले घाटामा गएको पाइएको छ । आव २०८०/८१ मा तीन करोड ७९ लाख ५९ हजार ४८७ रुपियाँ आम्दानी गरेको रास्वपाले यो अवधिमा छ करोड ५० लाख १७ हजार ७८ रुपियाँ खर्च गरेको छ । आव २०७९/८० मा भने रास्वपाले करिब पाँच करोड ४८ लाख रुपियाँ आम्दानी गरेको थियो।

राप्रपाले यस वर्ष एक करोड ३८ लाख ७४ हजार रुपियाँ आम्दानी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी