2026-07-04 03:44 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राप्रपाले भन्यो: राजाको नामले सदन तरंगित हुनु खुशीको कुरा

काठमाडौँ | राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ध्रुवबहादुर प्रधानले सदनमा राजाको नामले तरंग सिर्जना हुनु खुशीको कुरा भएको बताएका छन्।

मंगलबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै सांसद प्रधानले प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाए।

उनले संविधानमा व्यवस्था परिवर्तन नहुने भन्ने कुरा निश्चित नभएको उल्लेख गर्दै, भविष्यमा जनताले सदनमा नपस्ने व्यवस्था गर्न सक्ने चेतावनी दिए।

प्रधानले वर्तमान व्यवस्थाले देशको रक्षा गर्न नसक्ने जिकिर गर्दै, प्रजातन्त्र दिवसको अवसरमा फागुन ७ गते राजाबाट व्यक्त शुभकामनाले अभिभावकीय भूमिका झल्काएको उल्लेख गरे।

‘आज सदन राजाको नामले तरंगित छ, यो अत्यन्तै खुशीको कुरा हो। हामी हर्षित छौँ,’ उनले भने, ‘फागुन ७ गते राजाबाट व्यक्त शुभकामनाले उहाँको अभिभावकीय भूमिका देखायो। देशको संरक्षण गर्न नसक्ने यो व्यवस्थाको सट्टा सबै नेपालीले एकसाथ जुट्नुपर्छ भन्ने सन्देश आत्मसात गर्नुपर्छ।’

प्रधानले फागुन २५ गते पोखराबाट फर्कने क्रममा राजालाई एयरपोर्टदेखि निर्मल निवाससम्म नागरिकहरूले स्वतःस्फूर्त रूपमा स्वागत गरेको दाबी गरे।

सांसद प्रधानले आफूहरूले संविधान राम्ररी अध्ययन गरेको उल्लेख गर्दै राजसंस्थाको उपस्थिति नभएसम्म लम्पसारवादी प्रवृत्ति कायम रहने दाबी गरे। ‘अश्रुहरूको बुइ चढेर आएको पार्टीले देशको हित गर्न सक्दैन,’ उनले भने।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ