2026-09-28 01:40 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते

2026-07-04

काठमाडौँ | महेन्द्र राजमार्ग अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटे चेकपोइन्ट नजिकै यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन्। जनकपुरबाट पोखरातर्फ जाँदै गरेको ना ६ ख ७४५७ नम्बरको बस शनिबार बिहान ११:१५ बजे अनियन्त्रित भई दुर्घटना भएको हो।

बसमा सवार ३०/३५ जना यात्रुमध्ये घाइते भएका ९ जनालाई तत्कालै उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल पठाइएको छ। घाइते सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। दुर्घटनाको जानकारी पाउनासाथ प्रहरी चौकी रातोमाटे र इलाका प्रहरी कार्यालय पशुपतिनगर, मकवानपुरबाट टोली घटनास्थलमा खटिएको थियो।

प्रहरीले बस चालक महोत्तरी स्थायी ठेगाना भई हाल धनुषाको जनकपुर उपमहानगरपालिका–८ बस्ने ५० वर्षीय धनिराम बि.क.लाई नियन्त्रणमा लिएको छ। सडक किनारमा पल्टिएको बस उठाउन क्रेनसँग समन्वय भइरहेको छ। हाल राजमार्गमा सवारी आवागमन सुचारु रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेखु–मुग्लिङ सडकखण्ड सञ्चालनमा दशैँ–तिहारअघि पृथ्वी राजमार्ग सञ्चालनयोग्य बनाउन सांसद आशिका तामाङको माग सरकारको पक्राउ शैलीप्रति प्रचण्डको आपत्ति, ‘मूल्य धेरै ठूलो चुकाउनुपर्छ’ दुर्गा प्रसाईं फेरि पक्राउ बाढीपहिरोको क्षतिप्रति सरकारको ध्यानाकर्षण, सांसद अर्यालले मागिन् तत्काल उद्धार र पुनर्स्थापना मनाङमा जनताको अवस्था भयावह छ : सांसद गुरुङ थुनिएको मर्स्याङ्दीको बहाव खुल्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक भारतीय नागरिक पक्राउ एकैदिन तोलामा पाँच हजार रूपैयाँ घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच? चार दिनको अविरल वर्षाले सडक सञ्जाल प्रभावित, दर्जनौँ सडकमा यातायात ठप्प कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला