काठमाडौँ | आजको प्रतिनिधि सभाको बैठकमा अचानक अप्रत्याशित घटना घट्यो । जब सत्तारूढ नेकपा (एमाले) की सांसद उर्मिला थेबे बसिरहेकि ठाउको कुर्सी एकाएक भाँचियो । त्यसपछी बैठक केही समयका लागि प्रभावित बन्यो ।
घटना संसद भवनमा भएको विशेष समयमा घटेको हो, जब नेपाली कांग्रेसका सांसद गगन थापा संसदमा सम्बोधन गरिरहेका थिए । कुर्सी काण्ड पछी सांसद थापाले केहिबेर आफ्नो सम्बोधन रोकेका थिए । त्यसपछी उनि लगायत सबैको ध्यान उक्त दुर्घटनामा पुग्यो ।
सांसद उर्मिला थेबेको कुर्सी भाँचिएपछि बैठकमा हलचल मच्चियो , र सभामुख देवराज घिमिरेले चासो देखाउँदै तुरुन्तै घटनास्थलमा ध्यान दिए । गगन थापा पनि आफ्नो सम्बोधन रोके पश्चात् पछाडि फर्किएर उर्मिला थेबेका बारेमा सोधपुछ गरे।
घटनापछि अन्य सांसदहरूको मद्दतले उर्मिला थेबेलाई बैठक कक्षबाट बाहिर निकाले । यस घटनामा कुनै पनि प्रकारको चोटपटक नलागेको जानकारी नेकपा (एमाले)की सचेतक सुनिता बरालले दिइन् । “उहाँलाई कुनै चोटपटक छैन, उहाँ ठिक हुनुहुन्छ,” उनले भनिन् ।
यो अप्रत्याशित घटनाले केही समयको लागि संसदको बैठकमा विघ्न ल्याएको भए पनि सांसद उर्मिला थेबेको अवस्था स्थिर रहेको बुझिएपछी बैठकको काम कारवाही पुनः सुचारु गरिएको थियो ।