काठमाडौँ | प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसमा स्ववियुको सचिवमा उम्मेदवारी दिएका दिपक देवकोटामाथि आक्रमण भएको छ । स्वतन्त्र विद्यार्थीहरुको समूहबाट उम्मेदवारी दिएका देवकोटालाई बुधवार क्याम्पसको खेल मैदानमा १०–१२ जना विद्यार्थीहरुले आक्रमण गरेका हुन् । अनेरास्ववियुमा आवद्ध निराजन भट्ट सहितको समूहले आक्रमण गरेको देवकोटा पक्षका विद्यार्थीहरुले दावी गरेका छन् ।
आक्रमणमा संलग्न भट्ट एमाले निकट अनेरास्ववियुको सभापतिका उम्मेदवार लोकेश खड्का निकट हुन् । घटनाबारे क्याम्पस प्रमुख पदम अधिकारीलाई जानकारी गराउँदा उनले आफ्नो विषय नभएको भन्दै पन्छिएको देवकोटाको समूहका रेशम सापकोटाले रातोपाटीलाई बताए । आक्रमणमा संलग्नहरु विरुद्ध ज्यान मार्ने उद्योग सम्बन्धी कसुरमा जाहेरी दर्ता गर्न लागिएको सापकोटाले बताए । उनले भने– ‘जाहेरी लिएर प्रहरी वृत्त सिंहदरबारमा पुगेका छौँ ।’
आक्रमणकारीहरुले एकजना महिला विद्यार्थीलाई पनि आक्रमण गरेको आरोप छ ।