२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

होलीको दिन कस्तो होला मौसम ?

२०८१, २८ फाल्गुन बुधबार १३:५५

काठमाडौँ | रंगहरुको पर्व होलीको दिन पनि राम्रोसँग घाम नलाग्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। पहाडी जिल्लाहरूमा फागुन २९ गते र तराईका जिल्लाहरूमा चैत १ गते मनाइने होली मनाइँदै छ ।

मौसमविद् प्रतिभा मानन्धरका अनुसार आगामी तीन दिनसम्म आकाश खुल्ने सम्भावना कम छ। “घाम र बादलको लुकामारी हुने देखिन्छ। टलक्क घाम लाग्ने अवस्था छैन,” उनले भनिन्।

उनका अनुसार हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु, र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त वायुको असर देखिएको छ। यही कारण देशभर बादल लागेको हो। यद्यपि, प्रणाली कमजोर भएकाले ठूलो पानी पर्ने सम्भावना नरहेको मानन्धरले बताइन्।

मौसमविद मानन्धरका अनुसार अनुसार  कोशी, मधेश, बागमती, र गण्डकी प्रदेशमा अघिल्ला दिनहरूझैँ बादल लाग्ने छ। पानी पर्ने सम्भावना भने न्यून छ। गण्डकीभन्दा पश्चिमका क्षेत्रमा पनि बादल लाग्ने भए पनि ठूलो वर्षा हुने संकेत देखिएको छैन।

काठमाडौं उपत्यकामा आकाश धुम्म हुने र कतैकतै हल्का पानी पर्ने सम्भावना छ। “सबै ठाउँमा एकनासको पानी पर्ने जस्तो देखिँदैन। विशेषगरी उपत्यकाको उत्तरी भागमा छिटफुट पानी पर्ने सम्भावना छ, हिजो–अस्तिजस्तै कतैकतै छिट्याउने खालको पानी पर्ने जस्तो देखिन्छ,” मानन्धरले भनिन्।

अहिलेसम्मको विश्लेषणअनुसार आगामी तीन दिनसम्म यस्तै मौसम रहनेछ। अर्को साताबाट भने सुधार हुने संकेत देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने