७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

होलीको दिन कस्तो होला मौसम ?

२८ फाल्गुन २०८१, बुधबार १३:५५

काठमाडौँ | रंगहरुको पर्व होलीको दिन पनि राम्रोसँग घाम नलाग्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। पहाडी जिल्लाहरूमा फागुन २९ गते र तराईका जिल्लाहरूमा चैत १ गते मनाइने होली मनाइँदै छ ।

मौसमविद् प्रतिभा मानन्धरका अनुसार आगामी तीन दिनसम्म आकाश खुल्ने सम्भावना कम छ। “घाम र बादलको लुकामारी हुने देखिन्छ। टलक्क घाम लाग्ने अवस्था छैन,” उनले भनिन्।

उनका अनुसार हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु, र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त वायुको असर देखिएको छ। यही कारण देशभर बादल लागेको हो। यद्यपि, प्रणाली कमजोर भएकाले ठूलो पानी पर्ने सम्भावना नरहेको मानन्धरले बताइन्।

मौसमविद मानन्धरका अनुसार अनुसार  कोशी, मधेश, बागमती, र गण्डकी प्रदेशमा अघिल्ला दिनहरूझैँ बादल लाग्ने छ। पानी पर्ने सम्भावना भने न्यून छ। गण्डकीभन्दा पश्चिमका क्षेत्रमा पनि बादल लाग्ने भए पनि ठूलो वर्षा हुने संकेत देखिएको छैन।

काठमाडौं उपत्यकामा आकाश धुम्म हुने र कतैकतै हल्का पानी पर्ने सम्भावना छ। “सबै ठाउँमा एकनासको पानी पर्ने जस्तो देखिँदैन। विशेषगरी उपत्यकाको उत्तरी भागमा छिटफुट पानी पर्ने सम्भावना छ, हिजो–अस्तिजस्तै कतैकतै छिट्याउने खालको पानी पर्ने जस्तो देखिन्छ,” मानन्धरले भनिन्।

अहिलेसम्मको विश्लेषणअनुसार आगामी तीन दिनसम्म यस्तै मौसम रहनेछ। अर्को साताबाट भने सुधार हुने संकेत देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या