६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘जिन्दगी चल्न त चल्या छ…’ गीत सुन्न सरकारलाई रास्वपा सांसदको सुझाव

३ चैत्र २०८१, आईतवार १३:५१

काठमाडौँ | रास्वपा सांसद डा. चन्दा कार्की भण्डारीले ‘जिन्दगी चल्न त चल्या छ, पिरै पिरमा छ बोलको गीत सुनेर आत्मालोचना गर्न सुझाएकी छन् । आइतबार प्रतिनिसभामा उनले जनताको आक्रोशलाई बेवास्ता गर्ने हो भने सरकारले अझै चर्को मूल्य चुकाउनुपर्ने बताइन् ।

देशमा भ्रष्टाचार, कानुनी विभेद, अन्याय, महँगी, बेरोजगारी बढ्दै गएको उल्लेख गर्दै उनले सरकारको ध्यानाकर्षण गराइन् । ‘देशमा भ्रष्टाचारले जरा गाडेको गाड्यै छ । राजनीतिक आडमा कानुनी विभेद बढेको छ । न्याय खोज्नेले अन्याय खप्नुपरेको छ । जनता महँगी, बेराजगारीको मारमा छन् । काठमाडौं विश्वकै चौथो प्रदूषित शहर बन्न पुगेको छ । तर, सरकार कहाँ छ ?,’ सांसद कार्कीले प्रश्न गरिन् ।

जनताको पीडा सुन्नुपर्ने बेलामा सरकार आफ्ना सुविधा बढाउने खेलमा मस्त रहेको उनको भनाइ छ । ‘जनताको पीडा सुन्नुको सट्टा सरकार आफ्ना सुविधा बढाउने खेलमा मस्त छ । नयाँ नेतृत्वलाई सिध्याउने र होच्याउने खेलमा जुटेको छ । देशलाई उज्यालो पार्ने कर्मचारीमाथि खनिएको छ,’ उनले भनिन्, ‘राजाको आह्वानमा सडकमा जनता ओर्ले भनेर गालीगलौजमा व्यस्त छ ।’

उनले नेपाली जनता कुनै राजा फर्काउन नभई नेताहरूकै अकर्मण्यता र भ्रष्टाचारबाट निराश र दिक्क भएर सडकमा निस्केको बताइन् । ‘जिन्दगी चल्न त चल्या छ, पिरै पिरमा छ भन्ने गीतले जनताको पीर मर्काको हुबहु बयान गर्छ । सरकारले कमसेकम यो गीत सुनेर आत्मालोचना गर्दै सच्चियोस्,’ उनले भनिन्, ‘किनकि जनताको यो आक्रोशलाई अझै बेवास्ता गरियो भने यसको मूल्य अझै चुकाउनुपर्ने हुनेछ । त्यो मूल्यको जिम्मेवारी सरकारले नै बोक्नुपर्नेछ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान