१६ बैशाख २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रचण्डको फोटो जलाउने राप्रपाका नेता छुटाउन पुगे माओवादी नेताहरू

३ चैत्र २०८१, आईतवार १८:०३

काठमाडौँ | पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको फोटो जलाउने राप्रपाका नेता निराजन बमलाई छुटाउन माओवादी केन्द्रका नेताहरू जिल्ला प्रहरी कार्यालय मकवानपुरमा पुगेका छन् ।

कसैले आलोचना गर्दैमा पक्राउ गर्नु ठिक नभएको निष्कर्षका साथ माओवादीका नेताहरू उनलाई रिहा गरिदिन आग्रहसहित प्रहरी कार्यालय पुगेका हुन् ।

माओवादीका मकवानपुर जिल्लाका इन्चार्ज विजय गौतमसहित नेताहरू बमलाई छोडिदिन आग्रहसहित जिल्ला प्रहरी कार्यालय पुगेको प्रचण्डका स्वकीय सचिव गोविन्द आचार्यले रातोपाटीलाई बताए । यस्तै प्रचण्डले सामाजिक सञ्जाल फेसबुकबाट  लोकतन्त्रमा विरोधका विभिन्न स्वरूप हुने भन्दै सोही आधारमा पक्राउ गर्नु उचित नहुने प्रतिक्रिया दिएका थिए ।

तर, पनि बम यो समाचार तयार पार्दासम्म रिहा भएका छैनन् ।

शनिबार हेटौँडामा भएको पार्टीको कार्यक्रममा बमले गणतन्त्रको विरोध गर्दै प्रचण्डको फोटो जलाएका थिए । फोटो जलाएको आरोपमा प्रहरीले उनलाई आइतबार मकवानपुरबाटै पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बुद्धजयन्तीमा बौद्ध महास्तूपाको अस्तुधातु प्रदर्शन गरिने राजनीतिमा आउने सोच छैन, युवालाई छाड्ने होः हरिवंश आचार्य पोषणभत्ता वृद्धि गर्न सांसदहरुको सुझाव लौकाखेतीबाट चार लाख आम्दानी कुटानी–पिसानी मिलबाट एक लाख बढी आम्दानी लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित जनकपुरमा जानकी जन्मोत्सव सुरु कृषि प्रवर्द्धन गर्न जुम्लामा औद्योगिक महोत्सव सामाजिक न्याय र समानताका निम्ति निरन्तर लागिरहने अध्यक्ष दाहालको प्रतिबद्धता पूर्वप्रधानमन्त्री डा भट्टराईद्वारा कश्मिरको पहेलगाम घटनाको निन्दा शिक्षकका माग चाँडो सम्बोधन गर्न सांसदहरुको आग्रह प्रतिनिधिसभा बैठक सुरु, शिक्षक आन्दोलनबारे गम्भीर हुन सांसदहरुको माग निर्वाचन खर्चलाई मितव्ययी बनाउन माग मागमा आधारित जीविकोपार्जन कार्यक्रम : चेपाङ समुदायलाई चिउरीखेती गर्न प्रोत्साहन दुलेगौडा–साखे सडक स्तरोन्नति सुरु मनाङमा यार्सागुम्बा सङ्कलन थालियो रुखले च्यापिएर मृत्यु वर्षाले फुल्न लागेको स्याउका बोटमा असर कञ्चनपुर–कमला सडक विस्तारः लहानको सहिद स्मारक स्थानान्तरण गरिने घरायसी विवादमा श्रीमतीको हत्या