2026-07-04 12:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुगडका कम्पनीले कर नतिरेको सूचना निकालेकै दिन ओलीविरुद्ध रावलका ५ आरोप

काठमाडौँ |  नेकपा एमालेका पूर्वनेता एवं ‘मातृभूमि जागरण अभियान नेपाल’का अभियन्ता भीम रावलले प्रधानमन्त्री केपी शर्माले ओलीले मुलुकमा ‘कुशासन’ गरिरहरको आरोप लगाएका छन्।
एमालेबाट निष्कासित रावलले एमाले अध्यक्ष ओली नेतृत्वको सरकारले कुरा सुशासनको गर्ने तर काम कुशासनको गरिरहेको आरोप लगाएका हुन्।
प्रधानमन्त्री केपी शर्मा ओलीका पूर्वविशेष आर्थिक सल्लाहकार तथा  एमाले नेता मोतीलाल दुगडका कम्पनीले कर नतिरेको भन्दै आन्तरिक राजस्व कार्यालयले सूचना निकालेकै दिन सोमबार रावलले प्रधानमन्त्री ओलीविरुद्ध ५ आरोप लगाएका हुन्।

रावलले सामाजिक सञ्जालमा लेखेका छन्:

सुशासनका कुरा गर्ने प्रधानमन्त्री केपी नेतृत्वमा कुशासनका पछिल्ला उदाहरण:

-सरकार बनेको सात महिना भइसक्दा पनि सम्पत्ति विवरण सार्वजनिक नगर्नु।

-राज्यका विभिन्न पदहरू भागबन्डा गर्नु।

– पूर्वविशिष्टहरूलाई आजीवन भत्ता र सुविधा बढाउने प्रयास गर्नु।

– राष्ट्रिय निकुञ्ज र वन क्षेत्रसमेत व्यक्तिलाई दिनसक्ने कानुन ल्याउने दुष्प्रयत्न गर्नु।

– प्रम केपीका एक समयका आर्थिक सल्लाहकार, राज्यमन्त्री र एमाले उद्योग विभाग प्रमुखले राज्यको कर नतिर्नु।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन