६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रचण्डको प्रष्टीकरण– ओली सरकारमा सामेल हुने हाम्रो कुनै नीति छैन

४ चैत्र २०८१, सोमबार १६:५३

काठमाडौँ | पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओली नेतृत्वको वर्तमान गठबन्धन सरकारमा सहभागी हुने कुनै नीति नभएको दाबी गरेका छन् । सोमबार काठमाडौँमा जसपाका नेता राजेन्द्र श्रेष्ठद्वारा लिखित पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै उनले माओवादी वर्तमान सकारमा जाने हल्ला निराधार भएको जिकिर गरेका हुन् ।

‘कांग्रेस, एमाले र माओवादी मिलेर सरकार बनाउन लागेको चर्चा भइराखेको चर्चा भइराखेको छ । सामाजिक सञ्जाल, साथीभाइहरूले फोन मार्फत चासो राखेका छन् । आज म यो मञ्चबाट भन्छु कि हामी अहिले सरकारमा जाने कुनै नीति लिएका छैनौँ, लिँदैनौँ । देशमा संकट आयो भने संकट कसरी समाधान गर्ने भन्ने हाम्रो विचार हामी दिन्छौँ । तर यही सरकारमा गएर हामी सामेल हुने हाम्रो कुनै नीति छैन । बाँकी प्रचार सबै भ्रम हो’, उनले भने ।

सरकारमा जानेबारे कोहीसँग पनि औपचारिक कुराकानी नभएको उनले जिकिर गरे । यद्यपि टीआरसी, बेपत्तासम्बन्धी विषयमा छलफल भइरहेको उनले स्पष्ट पारे । यो पटक सरकार बनाउनेबारे बिल्कुल नभएको प्रस्टीकरण दिए ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान