६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नक्कली भुटानी शरणार्थी प्रकरण : पूर्वगृहसचिव पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज

४ चैत्र २०८१, सोमबार १७:२३

काठमाडौँ | नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि जेल चलान भएका पूर्वगृहसचिव टेकनारायण पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज भएको छ । पाण्डेकी श्रीमती मञ्जु पाण्डेले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट खारेज भएको हो ।  सोमबार न्यायाधीशद्वय कुमार चुडाल र महेश शर्मा पौडेलको इजलासले रिट खारेज गरेको हो ।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर मानव तस्करी गरेको आरोपमा उनलाई प्रहरीले गत वैशाखमा पक्राउ गरेको थियो । काठमाडौँ जिल्ला अदालतले गत असार १ गते उनीसहित १६ जनालाई पुर्पक्षका लागि जेल पठाउने आदेश गरेको थियो ।


घटनाका क्रममा पाण्डे तत्कालीन गृह मन्त्रालयको सचिव रहेको पुष्टि भएको थियो  । शरणार्थीहरूको दर्ता प्रक्रिया र पुनर्स्थापना गराउने कार्य ३१ डिसेम्बर २०१६ मा नै बन्द भएको थियो । युएनएचसीआर जोइन्ट भेरिफिकेशन टिमले भेरिफाइ गरेका ४२९ जनाको नाम विवादित रहेको भन्ने उल्लेख गरेको अवस्थामा पाण्डेले सचिव स्तरीय निर्णयबाट पुनः छुट शरणार्थीको विवरण पेस गर्न कार्यदल गठन गरेको आदेशमा उल्लेख छ । तर म्याद थप भएपछि थप कार्यादेश दिएको भन्ने देखिएको पनि अदालतको भनाइ छ ।

यस्तै मन्त्रिपरिषदबाट प्राप्त भएको प्रतिवेदनसँग मिल्ने अर्कै नक्कली समानान्तर प्रतिवेदन पाण्डे सचिव भएका बखत तयार भएको देखिएको पनि अदालतको आदेशमा उल्लेख छ ।

नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खान ३० लाख धरौटी बुझाएर रिहा हुँदा गृह सचिव पाण्डे मुद्दाको पुर्पक्ष पूर्व गृहमन्त्री छुट्दा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी केन्द्रीय कारागार (जगन्नाथ देवल) सुन्धारामा छन् ।

पाण्डेकी श्रीमती मञ्जुले गएको फागुन ११ गते सर्वोच्चमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, जिल्ला अदालत काठमाडौँ, महान्यायाधिवक्ताको कार्यालय रामशाह पथ, काठमाडौँ जिल्ला अदालत र जिल्ला सरकारी वकिलको कार्यालयलाई विपक्षी बनाइ बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का