१५ बैशाख २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पोखरा बेलुन विस्फोट घटना : छानविन समितिले बुझायो प्रतिवेदन

५ चैत्र २०८१, मंगलवार १६:३८

पोखरा | पोखरामा आयोजित ‘पोखरा भ्रमण वर्ष २०२५’ उद्घाटन समारोहमा भएको बेलुन विस्फोटको विषयको अनुसन्धान गर्न गठित छानविन समितिले मंगलबार गृहमन्त्री रमेश लेखकलाई प्रतिवेदन बुझाएको छ। भ्रमण वर्ष उद्घाटनका क्रममा बेलुन विस्फोट हुँदा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र पोखराका मेयर धनराज आचार्य घाइते भएका थिए।

घटना लगत्तै गृहमन्त्री लेखकले मन्त्रीस्तरीय निर्णय गर्दै कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको संयोजकत्वमा आठ सदस्यीय छानविन समिति गठन गरेका थिए। समितिले घटनाको विस्तृत छानविन गरी र आगामी दिनमा यसप्रकारका घटना दोहोरिन नदिन पूर्वसर्तकता र अवलम्वन गर्नुपर्ने उपायसहितको प्रतिवेदन बुझाएको हो।

प्रतिवेदन बुझ्दै गृहमन्त्री लेखकले प्रतिवेदनमा उल्लेख भएका विषय कार्यान्वयनका लागि गृहसचिव गोकर्णमणि दुवाडीलाई निर्देशन दिएका छन्।

समितिले विशिष्ट व्यक्तिहरुको सहभागिता रहने कार्यक्रममा विशिष्ट व्यक्ति स्वयंले संवेदनशीलता ख्याल गर्नुपर्ने, सुरक्षालाई भन्दा उपस्थितिलाई मात्र प्राथमिकता दिने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्ने, मञ्चका कार्यक्रमहरुमा प्रज्वलनशिल पदार्थहरुको प्रयोग गर्न पूर्ण रुपमा रोक लगाउनुपर्ने र प्रविधिका नाउँमा जोखिम मूल्यांकन नगरी कुनै कार्यक्रमहरु औपचारिक समारोहमा समावेश गर्न नहुने लगायतका सुझावसहितको विषय समेटिएको छ।

त्यसका साथै भविष्यमा यस प्रकारका घटना हुन नदिन सुधार गर्नुपर्ने विषयहरू समेत प्रतिवेदनमा उल्लेख गरिएको छ। जसमा विस्फोटक रसायन र प्रज्वलनशील पदार्थको अनाधिकृत आपूर्ति तथा उपयोगमा बन्देज लगाउनुपर्ने, यस्ता प्रकृतिका कार्यक्रम आयोजना गर्नुपूर्व अनुमति लिने क्रममा स्थानीय प्रशासनलाई कार्यक्रमको रुपरेखा उपलब्ध गराउनु पर्ने व्यवस्था मिलाउनुपर्ने, कार्यक्रममा सुरक्षा मापदण्डलाई ध्यानमा राखी सुरक्षित विकल्पहरुको उपयोग गर्ने, बेलुन उडाउन आवश्यक भएमा अप्रज्वलनशील हिलियम ग्यास प्रयोग गर्ने, यस्ता प्रकृतिका कार्यक्रममा अनुमतिविना आतिसबाजी तथा विष्फोटक रसायनको प्रयोगलाई पूर्णतः बन्देज लगाउनुपर्ने र सार्वजनिक कार्यक्रममा सहभागी हुने विशिष्ट/अति विशिष्ट व्यक्तिले समेत आफू सहभागी हुने सार्वजनिक कार्यक्रमको सञ्चालन र व्यवस्थापन बारे अग्रिम जानकारी लिई सुरक्षाको सुनिश्चितता भई कार्यक्रममा उपस्थिति हुने संस्कारको विकास गर्नुपर्ने लगायतका विषय सुधार गर्नुपर्ने उल्लेख छ गृह मन्त्रालयले जनाएको छ।

त्यसैगरी यस प्रकारका कार्यक्रम सञ्चालनपूर्व आयोजक पक्षबाट योजना बनाउने र सरोकारवाला निकायहरुसँग निरन्तर रुपमा प्रभावकारी समन्वय गर्नुपर्ने, सार्वजनिक कार्यक्रमहरु (सभा, सम्मेलन, मेला, महोत्सव, प्रदर्शनी, र्‍याली लगायतका कार्यक्रम) सञ्चालन गर्ने सन्दर्भमा सुरक्षा व्यवस्था, विपद् व्यवस्थापन, कार्यक्रम सञ्चालन विधि लगायतका विषयहरु समेत समेट्ने गरी स्पष्ट कार्यविधि मापदण्ड तर्जुमा गर्नुपर्ने समितिको सुझाव छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वप्रधानमन्त्री भट्टराई र भारतीय रक्षामन्त्री सिंहबीच भेटवार्ता ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत कानुन नहुँदा मनोरञ्जनात्मक क्षेत्रका महिला श्रमिकलाई समस्या उपराष्ट्रपति यादव र बेलायतका राजदूत फेनबीच शिष्टाचार भेटवार्ता तिलामा सञ्चालित स्वास्थ्य शिविरबाट सात सयभन्दा बढी लाभान्वित भारतमा सवारी दुर्घटना हुँदा १२ जनाको मृत्यु पोखरा अन्तरराष्ट्रिय विमानस्थलबारे उपसमितिले बुझायो प्रतिवेदन दुई विधेयक प्रमाणीकरण नागरिक उड्डयन क्षेत्रमा सुशासन ल्याउन विधेयक ल्याइएको हो : पर्यटनमन्त्री पाण्डे नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट इँटा भट्टा छेउको खाल्डोमा जमेको पानीमा डुबेर दुई बालिकाको मृत्यु सोक्लामा चट्टान आरोहण महोत्सव हुने भारतमा सवारी दुर्घटना हुँदा १२ जनाको मृत्यु चिकित्सा शिक्षा आयोगको बैठक : निजी मेडिकल कलेजले निर्वाह भत्ता दिने सुस्ता झोलुङ्गे पुल जोखिममा साहित्यकार राईको ‘जार’ कथामा आधारित चलचित्र सार्वजनिक हुँदै सहकारी संस्थाबाट पीडित व्यक्तिहरूले माइतीघर मण्डलामा अर्धनग्न प्रदर्शन गरे प्रमुख प्रतिपक्ष दलद्वारा जरुरी सार्वजनिक महत्वको प्रस्तावको सूचना शिक्षकका माग तत्काल सम्बोधन नगरे ठुलो जनआन्दोलन हुने झलनाथ खनालको चेतावनी भारतमा पाकिस्तानका १६ युट्युब च्यानल प्रतिबन्धित, बीबीसीलाई औपचारिक पत्र