2026-07-04 12:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चैत २४ गते सार्वजनिक बिदा, यी हुन् मन्त्रिपरिषद्का निर्णय

काठमाडौँ | सरकारले चैत २४ गते (आइतबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गत सोमबार (चैत ४ गते) बसेको मन्त्रिपरिषद्को बैठकले रामनवमीका अवसरमा चैत २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङका अनुसार, बैठकले राष्ट्रिय विपद् जोखिम प्राधिकरणको कार्यकारी प्रमुखमा दिनेशप्रसाद भट्टलाई नियुक्त गरेको छ । यस्तै, ऋण असुली न्यायाधीकरणको बैंकिङ सदस्यमा नरेशराज अर्याललाई नियुक्त गरेको छ ।

यसैगरी, जनक शिक्षा सामाग्री केन्द्रको प्रवन्ध सञ्चालक पदमा यदुनाथ पौडेललाई नियुक्त गर्न सञ्चालन समितिलाई निर्देशन दिने निर्णय गरिएको प्रवक्ता गुरुङले जानकारी दिए ।

बैठकले नेपाली सेनातर्फ उपरथी पद एकमा विशेष बढुवा, सहायक रथी पद एकमा बढुवा र सहायक रथी पद एकमा पदावधि थप गर्ने निर्णय गरेको छ ।

यस्तै, विश्व बैंकमार्फत विद्यालय क्षेत्र सुधार कार्यक्रमका लागि प्राप्त हुने अनुदान सहायता प्राप्त गर्ने सम्बन्धमा वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय पनि बैठकले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन