६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

भारतीयलाई नेपाली नागरिकता- ‘नक्कली बुवा’ पक्राउ, सिफारिस गर्ने वडाध्यक्ष र सचिवलाई उन्मुक्ति

६ चैत्र २०८१, बुधबार १४:५०

सिरहा | सिरहामा नक्कली बुवा बनेर भारतीय नागरिकलाई नेपाली नागरिकता बनाइदिने अमानत मिँयालाई प्रहरीले पक्राउ गरेको छ।

भारतको बिहार राज्यस्थित मधुबनी जिल्ला, जयनगर ग्राम पञ्चायत देउधाका मोस्ताक मिँयाको नक्कली बुवा बनेर नागरिकता दिलाउने नरहा गाँउपालिका- ३ खोरियाका अमानत मिँयालाई प्रहरीले पक्राउ गरेको हो ।

वडाको कार्यालयको सिफारिसलाई आधार मानी जिल्ला प्रशासन कार्यालय सिरहाले २०८० असार २६ मा भारतीय नागरिक मोसताकका नाममा १५०१८०–४३६२ नम्बरको नागरिकता दिएको थियो ।

उक्त प्रकरणमा नक्कली बुवा बनेका अमातन मियाँलाई मंगलबार साँझ घरबाटै पक्राउ गरेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

मिँयालाई नियन्त्रणमा लिए पनि राजनीतिक दबाबका कारण वडाअध्यक्ष रुस्तम अन्सारी र सचिव रामदेव मण्डललाई प्रहरीले प्रकाउ गर्न नसकेको स्थानीयको आरोप छ । नेपालमा ‘सानालाई ऐन ठूलालाई चैन’ भनेझैँ यो घटनामा प्रहरीले सिफारिसकर्तालाई उन्मुक्ति दिएको गुनासो स्थानीयले गरेका छन् ।

भारतीय नागरिकलाई नागरिकता दिएको भन्दै करिव डेढ वर्षपहिले नै स्थानीयहरूले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका थिए ।

तर, प्रशासन कार्यालयले कुनै चासो देखाएन । आर्थिक प्रभाव र राजनीतिक दबाबका कारण कारबाही नै अघि बढ्न सकेको थिएन ।

विभिन्न सञ्चारमाध्यममा समाचार सम्प्रेषण भइरहेपछि सिराहा क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य राजकिशोर यादवले सदनमै यसबारे अवाज उठाएका थिए।

सदनमा आवाज उठेपछि कारबाही प्रहरी र प्रशासन प्रक्रियया अगाडि बढाउन बाध्य भएका हुन् ।

मियाँलाई सिरहा जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान सुरु भएको प्रहरीले बताएको छ। यसमा संलग्न सबैलाई अनुसन्धान र कारबाहीको दायरामा ल्याउने प्रहरीले जनाएको छ।

नरहा गाँउपालिका वडा नम्बर ३ का वडाध्यक्ष रुषतम अन्सारी र वडासचिव रामदेव मण्डलले भारतीय नागरिकसँग दुईलाख भारतीय रुपैयाँ लिएर नागरिकताको सिफारिस गरेको कुरा सार्वजनिक भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या