६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तीन टाउकाले देश डुबाए : डा. बाबुराम भट्टराई

६ चैत्र २०८१, बुधबार १७:१२

काठमाडौँ | नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले मुलुकमा विद्यमान समस्याको समाधानका लागि लोकतान्त्रिक स्थायित्व चाहिएको बताएका छन् ।

राजधानीमा बुधबार भएको कार्यक्रममा भट्टराईले लोकतान्त्रिक स्थायित्वका लागि प्रत्यक्ष निर्वाचित कार्यकारीमै जानुपर्ने बताए ।

‘नेपालको जुन समस्या छ, त्यो भनेको यी तीन टाउकारूपी वैद्य हुन् । वैद्यहरू जटिबुटीहरू पिलाउँदै आएका छन् । तर, समस्या समाधानका लागि शल्यक्रिया नै गर्नुपर्ने अवस्था छ । यी वैद्य र झाँक्रीले शल्यक्रिया गर्ने सामथ्र्य राख्दैनन्,’ उनले भने ।

भट्टराईले तीनवटा टाउकाले आफूलाई छोटे राजाजस्तो बनाएको चर्चा गरे । संविधान जारी भएपछिको ९ वर्षमा ११ सरकार परिवर्तन भएको भन्दै भट्टराईले राजनीतिक अस्थिरताको चर्चा गरे । उनले भने, संविधान जारी भएको ९ वर्षमा ११ सरकार परिवर्तन भएको छ । समस्याको हलका लागि लोकतान्त्रिक स्थायित्व चाहियो । एउटा सरकारले कम्तीमा ५ वर्ष, १० वर्ष एउटा नीति बनाएर लागू गराउन सकोस् । यसका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखमा जान ढिला गर्नु भएन ।’

उनले तीनवटा टाउकाले पालैपालो सरकार चलाइरहेको र सरकारबाट बाहिरिने बित्तिकै जनतामा गएर सबै बिग्रियो, सबै सकियो भनेर रणभुल्ल पार्ने गरेको बताए । ‘तीनवटा टाउका पालैपालो सरकार चलाइरहेका छन् । सरकारमा बस्दा जनतालाई समृद्धि आयो, सुख–शयल आयो भन्छन्,’ पूर्वप्रधानमन्त्री भट्टराईले भने, ‘सरकार गएको भोलिपल्टैबाट बाहिरिएपछि खत्तम भयो भनेर कराउँछन् । जनता रणभुल्लमा छन् ।’

उनले यहाँका तीन दलका शीर्ष नेतालाई छिमेकीले पनि बेलाबेला उचाल्ने गरेको दावी गरे । ‘छिमेकीले पनि सुँड घुसारेर कहिले झाँक्रीलाई, कहिले बैद्यलाई उचाल्ने गरेका छन्,’ उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का