१० बैशाख २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भ्रष्टाचार गरेको भन्दै पूर्वराष्ट्रपति यादव र भण्डारीविरुद्ध अख्तियारमा उजुरी

७ चैत्र २०८१, बिहीबार १२:३७

काठमाडौँ | पूर्वराष्ट्रपति द्वय: रामवरण यादव र विद्यादेवी भण्डारीले भ्रष्टाचार गरेको भन्दै अख्तियार दूरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।

काठमाडौँमा घर भएपनि घरभाडाबापत उनीहरूले मासिक लाख बढी रकम बुझेको भन्दै आयोगमा उजुरी परेको हो। काठमाडौँमा घर भएर पनि राज्यकोषबाट घरभाडाबापतको रकम बुझेको र यस कार्य भ्रष्टाचार ठहर हुने भन्दै सिन्धुलीका युवराज सफलले बिहीबार उजुरी दर्ता गराएका छन्।

उजुरीमा पूर्वराष्ट्रपति यादव र भण्डारीलाई भ्रष्टाचार कसुरमा पक्राउ गरी छानबिन गर्न उजुरीमा माग गरिएको छ। अन्यथा मुद्दा लिएर अदालतसम्म जाने उजुरीमा भनिएको छ।

प्राप्त विवरणअनुसार गत आर्थिक वर्षमा पूर्वराष्ट्रपति यादवको भरणपोषणका लागि राज्यकोषबाट ४६ लाख २५ हजार ६१५ रुपैयाँ खर्च भएको छ।

त्यस्तै, अर्की पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीका लागि राज्यकोषबाट गत आर्थिक वर्षमा ३५ लाख १८ हजार ५५५ रुपैयाँ खर्च गरेको गृहमन्त्रालय स्रोतको दाबी छ। उक्त रकम तलब, घरभाडा, सचिवालयका सदस्यको तलब, बिजुली, पानीसहितको खर्च हो।

पूर्वराष्ट्रपतिलाई सरकारले एक जना उपसचिव, हलुका सवारी चालक र एक जना कार्यालय सहयोगी दिएको छ। पूर्वराष्ट्रपति यादवको बागडोल र भण्डारीको चपली हाइटमा घर भए पनि दुवै जनाका लागि सरकारले मासिक रुपमा भाडा भुक्तानी गर्दै आएको छ।

गृहबाट प्राप्त गरेको सुविधा विवरणअनुसार यादवलाई सरकाले घर भाडा बापत मासिक एक लाख ९२ हजार २५५ रुपैयाँमा दिँदै आएको छ। त्यस्तै, भण्डारीका लागि पनि मासिक एक लाखका दरले घर भाडा भुक्तानी भइरहेको छ।

यादव आफ्नो घर छाडेर भाडाको घरमा बस्दै आएका छन् भने भण्डारी चपली हाइटको आफ्नै घरमा बसे पनि राज्यकोषबाट मासिक भाडा बुझ्छिन्। यादव र भण्डारीका लागि प्रतिव्यक्ति हरेक महिना २०० लिटरका दरले इन्धनका लागि चार लाख चार हजार ८८२ दरले भुक्तानी भएको स्रोतले बतायो।

यादवका लागि सुविधा दिन २०७३ माघ २० गते र २०७४ मंसिर २५ गते निर्णय भएको छ। भण्डारीलाई २०८० भदौ २९ गतेको मन्त्रिपरिषद्को निर्णयका आधारमा सुविधा दिइएको हो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रीलङ्कामा गरिबी खतरनाक रूपमा उच्च: विश्व बैंक एक्स्काभेटर पुरिँदा बेपत्ता चालक मृत फेला पार्टीका प्रत्येक कमिटीमा ३३ प्रतिशत युवा सहभागिता गराइने आगामी बजेट : ‘जनताको अपेक्षाअनुसार विकास गर्न सकेनौँ, सांसद विकास कोष चाहिन्छ’ मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते ब्राजिलका फुटबलर कार्लोस जेभिर्यस कलेजमा उपप्रधानमन्त्री सिंहसँग भारतका विद्युत्मन्त्रीको भेट बसको ठक्करबाट एक वृद्धाको मृत्यु रास्वपाले संसदीय दलको बैठक बोलायो नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक अनिश्चित प्रधानमन्त्रीसँग युएईका उपप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता पाथीभरा क्षेत्र विकास समिति सम्मानित नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट शिक्षा विधेयक यथाशीघ्र पारित गर्न माओवादीको माग देशका प्रबुद्ध वर्ग नै देश ठप्प पर्ने गरी बन्द गर्दै हिँडेपछि… ‘जनजाति समुदायलाई संविधानले पर्याप्त अधिकार दिएको छ’ सरकार सञ्चालनमा समस्या छैन : गृहमन्त्री लेखक निजामती विधेयकको नाम र प्रस्तावना मात्र अनुमोदन प्रधानमन्त्रसँग भारतीय विद्युत्मन्त्रीको भेट तीनकुनेमा भएको राजावादी प्रदर्शनमा पक्राउ थप १३ जनालाई हाजिरी जमानीमा रिहा गरियो